• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

क्वारेनटिन ब्यवस्थापनमा खंटिदा आफैं कोभिड संक्रमित


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने,नवलपरासी । २०१९ डिसेम्बरको अन्त्यतिर चिनको वुहान प्रान्तबाट देखा परेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण क्रमश चार महिनाको अबधिमा नै महामारीको रुपमा विश्वभरका २ सय भन्दा बढी राष्ट्रहरुमा फैलिंदै गयो । जसबाट नेपालपनि अछुतो रहेन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । त्यसलगत्तै नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको र जोखिम पनि बढेको भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले पहिलो पटक चैत्र ११ गते बाट देशभर लकडाउन गर्यो । लकडाउन अबधिमा उद्योग धन्दा, पेशा, व्यवसाय सबै ठप्प भए, जसको प्रत्यक्ष असर दैनिक ज्याला मजदुरी गरि जीवन धान्ने श्रमिक र अति विपन्न वर्गहरुलाई पर्यो।सरकारले पनि देशैभरका सबै पालिकाहरुलाई विपन्न वर्गकालागि एकद्वार प्रणालीबाट राहत वितरणमा लाग्न निर्देशन गर्यो । सोहि अनुरुप पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले पनि आफ्ना नगरभित्रका अति विपन्न वर्गलाई राहत वितरण सुरु गर्यो । सो राहत वितरणमा वडा न १२ का वडाध्यक्ष यमलाल पाण्डे पनि सक्रिय भएर लागे । उनि राहत वितरण कार्यलाई पारदर्शी बनाउन विभिन्न टोलबाट सिफारिस भएर आएकाहरुको चुलो सम्म पुगेर अनुगमन गर्थे र सांच्चिकै समस्या परेकालाई मात्रै राहत वितरणमा सहभागी बनाउथे ।
    यता कोरोनाको प्रभावले छिमेकी देश र अन्य तेस्रो मुलुकमा जाने थुप्रै नेपालीहरुको रोजगार गुम्यो । रोजगार गुमेसङ्गै उनिहरु देश फर्कने क्रम सुरु भयो। छिमेकी मुलुक भारतबाट सबैभन्दा ठुलो सङ्ख्यामा नेपालीहरु देश फर्के । सरकारले पनि रोजगार गुमेर स्वदेश फर्केका हरुका लागि स्थानिय सरकारले क्वारेन्टिनमा अनिवार्य राख्ने निति अवलम्बन गर्यो । सोहि निति अनुरुप सुनवल नगरपालिकाले पनि सुरुमा भारत लगाएत तेस्रो मुलुकबाट आउने नेपालीहरुको लागि महाकवि देवकोटा क्याम्पसमा क्वारेन्टिनको व्यवस्थापन मिलायो । बाहिरी मुलुकबाट आउनेको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले सबै वडामा सामुदायिक स्तरिय क्वारेन्टिन निर्माण गरि त्यसको व्यवस्थापन र अनुगमनको जिम्मा सम्वन्धित वडाका वडाध्यक्षहरुलाई जिम्मा दिएको थियो । सामुदायिक स्तरिय क्वारेन्टिनमा बाहिरी मुलुकबाट आउनेहरुका लागि होल्डिङ सेन्टरको रुपमा राखि उनीहरुको कोरोना परिक्षण गर्ने र सक्रमण देखिएकाहरुलाई राख्नको लागि नगरपालिकाले जेठ १८ मा जिल्लामै पहिलो पटक वडा न १ मा रहेको बाल सिकाई केन्द्रको भवनमा २५ सैयाको आइसुलेसन सेन्टर निर्माण गरेको थियो । वडा १२ का वडाध्यक्ष नगरपालिकाको निर्देशन अनुरुप बाहिरी मुलुकबाट आउनेहरुलाई जगन्नाथ माबिमा बनाइएको क्वारेन्टिनमा व्यवस्थापन गर्न दिनरात खटिएका थिए । होम क्वारेन्टिन बस्न संम्भव भएकाहरुको घरमै गएर अनुगमन गरि त्यहि बस्ने व्यवस्थापन मिलाउथे भने संम्भव नभएकाहरुलाई सामुदायिक क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन उनि सक्रिय थिए । जेठ १७ गतेबाट सुरु गरिएको सामुदायिक क्वारेन्टिनमा पछिलो समयसम्म ५२ जना र होम क्वारेन्टिनमा ४० जनाको वडाध्यक्ष पाण्डेले व्यवस्थापन गरे । क्वारेन्टिनमा रहेकालाई परिक्षणका लागि लाने काममा समेत उनि सक्रिय भए । उनको सकृयता सबैकालागि प्रंशसायोग्य थियो।यसरि क्वारेन्टिन व्यवस्थापनमा खटिदाखटिदै साउनको अन्तिम सातादेखि उनिमा ज्वरो, रुघाखोकी र घांटी दुख्ने समस्या देखिन लाग्यो। कोरोनासङ्ग मिल्दोजुल्दो लक्षण देखिएपछि उनि बाहिर हिंडडुल गर्न तथा वडाकार्यालय समेत जान बन्द गरि साउन २९ गतेबाट होम क्वारेन्टिन बसे । साउन ३२ गते नगरपालिकाले समुदाय स्तरमा गरेको कोरोना परिक्षणमा उनले पनि आफ्नो स्वाव परिक्षणका लागि दिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षणका लागि पठाइएको उनको रिपोर्ट भदौ ८ मा पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आउने बित्तिकै उनले आफ्नो फेसबुक पेजमा आफु कोरोना सक्रमित भएको जानकारी गराउदै लेखे- “आदरणीय सुनवल नगरवासी, सुनवल वडा नवर १२ वडाबासी, सुभचिन्तक एबम आफन्तजनहरु! बिस्वब्यापी फैलिएको कोरना भाइरसको ब्यबस्थापनमा अहोरात्र सुनवल नगरपालिकाको निर्देसनमा खटिदै गर्दा आज मात्र प्राप्त रिपोर्टमा मलाइ पनि कोरोना सक्रमण पुष्टि भएको छ। बिगत श्रावण २८ गते देखि स्वास्थ्य मा समस्या देखिएकोले मैले ब्यक्तिगत भेटघाट, वडा कार्यालय र ब्यबसाय मा सम्लग्न नभई आफ्नै घरमा सुरक्षित तवरले क्वारेटिनमा बसिरहेको हुनाले सो समय भन्दा पहिले मसङ्ग सम्पर्कमा रहनु हुने साथीभाइ आफन्तजनहरुलाइ सुरक्षित रुपमा क्वारेइन्टिनमा बसि पिसिआर परिक्षण गराउनु हुन अनुरोध गर्दछु साथै मेरो बारेमा चिन्ता राख्नु हुने सबै प्रती आभार प्रकट गर्दछु र मलाइ अहिले कुनै स्वास्थ्य समस्या नभएको कारण सुनवल नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा जादैछु। अत निकट भविस्यमा नै यो कोरोनालाई जितेर नगरवासिको सेवामा खटिने छु र सबैले धैर्यता राख्दै स्वास्थ सावधानी अपनाइ बस्नु हुन अनुरोध गर्दछु । ” क्वारेन्टिन व्यवस्थापनमा लाग्दालाग्दै आफुमा कोरोना संक्रमित भएको थाहा पाए लगत्तै उनि नगरपालिकाले बनाएको आइसुलेसन सेन्टरमा जान तयार भए । अहिले उनि नगरपालिकाले वडा नम्बर १ मा बनाएको आइसुलेसन सेन्टरमा छन् र स्वास्थ्य अवस्था समेत सामान्य बन्दै गएको छ । जनताको सेवामा खटिने जनप्रतिनिधिलाई हाम्रो पनि स्वास्थ्य लाभको कामना ।

    Advertisement

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation