कामना डेली, प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिकाले गएको बर्ष देखि सञ्चालन गरेको ‘उपमेयर कोसेली कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
प्रसूतिअघि नियमित गर्भ जाँच र प्रसूति केन्द्रमा बच्चा जन्माउने दर बढाउनुका साथै सुरक्षित मातृत्वका लागी पोषण र सरसफाई सचेतना अभिवृद्धिका लागि नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको उपमेयर गोमा रेग्मीले कामना डेलीलाई बताउनुभयो। स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने नगरक्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई सघाउन आर्थिक बर्ष २०७५र७६ देखि सुरु गरिएको यो कार्यक्रम प्रभावकारी देखिएपछि यश बर्ष पनि यस्लाई निरन्तरता दिईएको उहाको भनाई छ । ‘पोषण उपहारसँगै गर्भावस्था र सुत्केरी भएपछि ध्यान दिनुपर्ने कुराहरु र खानपानबारे ख्याल गर्न सन्देश दिएका छौँ,’ रेग्मीले भन्नुभयो,’ यस्ले थुप्रै घरपरिवार,गर्भवति र सुत्केरी महिलाहरुमा स्वास्थ्य सचेतना ल्याएको छ ।’
यस कार्यक्रममार्फत गर्भ जाँच गराउँदा र सुत्केरी भैसकेपछी पनि कोसेली दिईन्छ । सुत्केरी महिलाले २ हजार ५ सय बराबरको पोषण तथा सरसफाइ सामग्रीसहितको झोला पाउने नगरपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले बताउनुभयो। उहाले ’नियमित गर्भजाँच गर्ने र संस्थागत सुत्केरी हुनेको संख्या समेत नगरपालिका भित्र बढ्दै गएको छ।’ भन्नुभयो। नगरपालिकाले यो बर्षपनी ’उपमेयर कोसेली’ कार्यक्रमका लागी २० लाख बजेट विनियोजन गरेको जनाएको छ।
स्वर्गद्वारीमा ‘उपमेयरको कोसेली’ कार्यक्रम प्रभावकारी बन्दै
स्वर्गद्वारीमा ‘उपमेयरको कोसेली’ कार्यक्रम प्रभावकारी बन्दै

Advertisement
तपाईको प्रतिक्रिया