• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

सुनवलमा वडाअध्यक्ष सहित २ जनामा कोरोना संक्रमण पुष्टि


  •   सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा वडाध्यक्ष सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ३२ गते समुदाय स्तरमा १ सय ५ जनाको स्वाव सङ्कलन गरि कोभिड परिक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको मध्ये आइतबार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको र बांकी १४ जना मध्ये सोमवार २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराए । संक्रमित १२ वडाका वडाध्यक्ष यमलाल पाण्डे हुन् भने ११ वडाका १७ वर्षिय पुरुष हुन् । संक्रमित वडाध्यक्ष कोरोनाको जोखिम बढेसङ्गै नगरपालिकाले समुदाय स्तरमा बनाएको क्वारेन्टाइन व्यवस्थापन कार्यमा सक्रिय भएर लागेका थिए । क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय हुँदाहुँदै सोहि ठाउँबाटै उनिमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान लगाइएको छ । साउन चौथो साता देखी कोरोना सङ्ग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि साउन २९ गतेबाट उनि होम आइसुलेट भएर बसेका थिए । आइसुलेट बसेपछि भने बिस्तारै उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
    त्यस्तै वडा न ११ का कोरोना संक्रमित युवा गत साउन १४ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । न्यौपानेका अनुसार कोरोना संक्रमित वडाध्यक्ष सहित दुबैजनालाई नगरपालिकाले सुनवल १ मा बनाएको आइसोलेसन सेन्टरमा राखिने भएको छ । वडाध्यक्ष पाण्डेले पनि आफुहरुले नै निर्माण गरेको आइसोलेसन सेन्टरमा बस्ने बताएका छन् । आइसोलेसन सेन्टरमा नै बसेपछि नगरबासिको पनि आइसोलेसन सेन्टर व्यबस्थित रहेको विश्वास सहित सकारात्मक सन्देश जाने भएकाले आफु पनि सोहि सेन्टरमा नै बस्न लागेको उनले बताए ।
    यस्तै सुनवल नगरपालिकाले गत भदौ ५ गते समुदाय स्तरमा गरेको कोरोना परिक्षणका लागि ५० जनाको स्वाव संङ्कलन गरि पठाइएको मध्ये सोमबार ४६ जनाको रिपोर्ट सोमबार नेगेटिभ आएको छ भने बाकी ४ जनाको रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।
    त्यस्तै सोमवार जिल्लाको बर्दघाट नगरपालिकामा समेत २ जना कोरोमा सक्रमित थपिएका छन् । सक्रमित वडा न १२ का ३० वर्षीय पुरुष र वडा न १३ का ३५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिए । उनका अनुसार वडा न १२ का पुरुषमा कन्ट्र्याक ट्रेसिङ मार्फत कोरोना संक्रमित पुष्टि भएको हो भने वडा न १३ का पुरुष भने केहि समय अगाडी तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यससङ्गै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १ सय ८२ पुगेको छ ।

    Advertisement

    सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation