• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

पश्चिम रोल्पामा क्लब दर्ता गर्ने क्रम बढ्दो


  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
  • कामना डेली,रोल्पा । विगतमा संस्था दर्ता बिना नै कार्यक्रम सञ्चालन गर्दै आएका कतिपय युवा क्लवहरु पछिल्लो समय औपचारिक रुपमा दर्ता हुन थालेका छन् ।जिल्ला प्रशासन कार्यालय रोल्पामा पश्चिम रोल्पाका दुई वटा क्लव दर्ता भएका छन् ।

    Advertisement

    माडी–३ दाङबाङका राजकुमार घर्तीमगरको अध्यक्षयतामा १३ सदस्यीय ‘‘समृद्धि युवा क्लव माडी–३ दाङबाङ रोल्पा’’ दर्ता गरिएको छ । क्लवको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–सचिवमा क्रमशः तिर्सना घर्ती, सर्जन विक, सिता बुढा (घर्तीमगर) र विजय घर्तीमगर रहेका छन् । सदस्यमा उदेश रानामगर, राजेश बाँठामगर, समिर घर्ती, हरिप्रकाश घर्तीमगर, विपिन घर्तीमगर, मुक्तिकिरण घर्तीमगर, महेश कुमार बुढामगर र उर्मिला घर्तीमगर रहेका छन् ।
    त्यस्तै क्लबका सल्लाहाकारमा नेपाल राष्ट्रिय मावि तालाबाङका प्रधानाध्यापक चन्द्रबहादुर घर्तीमगर, पत्रकार हिराबहादुर घर्तीमगर, माडी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दलबहादुर घर्ती, नेकपा माडी गा.पा. वडा नं. ३ का अध्यक्ष बलबहादुर बुढा, बुद्धिजीवि तथा खेल प्रशिक्षक बल बहादुर घर्ती, शिक्षकहरु खर्कबहादुर बुढामगर र बलबहादुर घर्तीमगर रहेका छन् ।‘समृद्ध नेपालका लागि युवा अभियान’ क्लवको मुख्य नारा रहेको अध्यक्ष राजकुमार घर्तीमगरले जानकारी दिए । क्लवका युवालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्ने, खेलकुदको आयोजना गर्ने, सडक नाटक, साँस्कृतिक कार्यक्रम, महोत्सव सञ्चालन गर्ने, युवा ज्ञान केन्द्रको विकास गर्ने, दिगो शान्ति, सुशासन प्रवद्र्धन, जैविक विविधता, वातावरण संरक्षण, जलवायु परिवर्तन, भौतिक पूर्वाधार, वैकल्पिक उर्जा प्रवद्र्धन, सामाजिक जवाफदेहीता, खाद्य सुरक्षा, पोषण, विपद व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, सामुदायिक एफएम, टेलिभिजन सञ्चालन गर्ने लगायतका उद्देश्यहरुमा रहेको अध्यक्ष घर्तीले बताएका छन् ।
    त्यस्तै परिवर्तन गाउँपालिका वडा नं. ६ ओबाङमा पनि क्लव दर्ता गरिएको छ । ‘‘पालैपालो विकासमा हातेमालो’’ मुख्य नाराका साथ क्लव दर्ता गरिएको हो । स्थानिय युवा सूर्य घर्तिको अध्यक्षयतामा १३ सदस्यीय उज्यालो ओबाङ युवा क्लव परिवर्तन–६ रोल्पा गठन गरिएको हो । क्लवको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः विवेक बुढा मगर, प्रकाश खत्री, भक्तबहादुर पुनमगर र कमला श्रेष्ठ रहेका छन् । सदस्यमा प्रेमनारायण श्रेष्ठ, साहिस्ता घर्तीमगर (केसी), सपना घर्तीमगर, नारायण बुढामगर, श्यामु विक, उजर सिंह बुढा, पुनाराम घर्ती, र नविना पुनमगर रहनु भएको छ । त्यस्तै क्लबका सल्लाहाकारमा पत्रकार रोहित केसी र इन्जिनियर हुकुम बुढामगर रहनु भएको छ । क्लवका संरक्षकमा पूर्व पर्यटन तथा उड्डयन सहायक मन्त्री भीम कुमारी बुढामगर, बुद्धिजीवि कुलप्रसाद श्रेष्ठ लगायत रहेका छन् ।
    रोल्पाका अधिकाश गाउँमा क्लव दर्ता बिना नै कार्यक्रम सञ्चालन भई रहेका छन् । दर्ता बिनाका क्लबले खेलकुद प्रतियोगिता आयोजना गर्ने, सहयोग रकम उठाउने लगायतका कार्य गरी रहेका छन् ।
    पछिल्लो समय दर्ता बिनाका क्लवलाई औपचारिक कार्यक्रम गर्न कडाई गरिए पछि क्लव दर्ता गर्ने क्रम बढ्न थालेको आंकलन गरिएको छ । जिल्ला प्रशासनका कार्यालयका अनुसार संस्था दर्ता ऐन, २०३४ अनुसार हाल सम्म ३ सय ४६ जिल्लामा वटा संस्था दर्ता भएका छन् ।

    आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation