बाँके । बाँकेमा तीन दिनयता लगातार १ सय जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
Advertisement
आज मात्र शनिबार एक उपसचिवसहित २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार २८ जना, शुक्रबार ५१ जना र आज २१ जना गरी तीन दिन यतामात्र एक सय जना निको भएर घर फर्किएका हुन । योसँगै बाँकेमा कोरोनाबाट निको हुनेको कुल संख्या ५ सय ६८ पुगेको छ । अब बाँकेमा २ सय ३५ जना मात्र सक्रिय संक्रमित रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । अहिलेसम्म बाँकेमा ८ सय ७ जनामा कोरोना पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।