अनिल खत्री, गुल्मी । नेपाल बिद्युत प्राधिकरण गुल्मी बिरतण केन्द्रले १ दिन कार्यालय बन्द गर्ने जनाएको छ । यहि भदौ १ गते एक दिनलाई नेपाल बिद्युत प्राधिकरण गुल्मी बिरतण केन्द्रको कार्यालय बन्द रहने गुल्मी बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए ।
नेपाल बिद्युत प्राधिकरणले सफलतम ३५ औं वर्ष पुरा गरेको अबसरमा अत्याबश्यक मर्मतको सेवा बाहेक कार्यालय बन्द गर्ने जनाएको छ । साथै केन्द्रले एक सूचना मार्फत ३५ औं वर्ष पुरा गरेको अबसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक तथा सहयोगीहरुमा शुभकामना दिएको छ ।
भदौ २ गतेबाट भने नियमित सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।
Advertisement