• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • २. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ७. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ८. मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

  • ९. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • १०. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

गलकोट नगरपालिकाको डिजिटल नगर प्रोफाईल सार्वजनिक 


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। गलकोट नगरपालिकाले नगर वस्तुस्थिती विवरण तथा आवधिक विकास योजना सार्वजनिकिरण र कोरोना राहात कोषको खर्च सार्वजनिक गरेको छ ।

    Advertisement

    नगर भित्रको वस्तु स्थितीलाई समेटिएको नगर प्रोफाइल सार्वजनिक गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले प्रोफाइल भित्र नगरपालिकाको वस्तु स्थिती समेटिएको बताउनुभयो । उहाँले हाम्रो नगरको चिनारीको रुपमा तयार पारिएको नगर प्रोफाइल समय सापेक्ष डिजिटल प्रविधिमा रहेको समेत उल्लेख गर्नुभयो । जसका कारण नगर डिजिटल प्रोफाईल विश्वको जुनसुकै ठाँउबाट अवलोकन गर्न सकिने नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो । कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले नगरको यथार्थ वस्तु स्थिती सहितको विवरण नगरपालिकाले तयार पारेको प्रोफाइल भित्र हेर्न सकिने भन्दै विवरण तयार पार्नमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । नगर प्रोफाईललाई अधावधीक गर्न चालु आर्थिक बर्षमा बजेटको समेत ब्यबस्था गरिएकोले नगर प्रोफाईलकै आधारमा विकासका योजना निर्माणमा सहयोग पुग्ने बिश्वास समेत ब्यक्त गर्नुभयो । गत आर्थिक वर्षको सुरुवातमा नगर प्रोफाइल तयार गर्न रोर्वट्स आइटि कन्सेप्ट्स प्रा.लि ललितपुरसँग सम्झौता भएको थियो । सोहि सम्झौता बमोजिम १६ लाख खर्च गरि नगरको डिजिटल प्रोफाइल तयार पारिएको नगर उपप्रमुख काउचाले बताउनु भयो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारी, नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रतिनिधि कौशिला घर्ति मगर, नेपाली काँग्रेसका गलकोट नगर उपसभापति यज्ञप्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम, गलकोट नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यपक देवेन्द्र बहादुर खत्री, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, पत्रकार विर बहादुर चोखालले मन्तव्य राख्नुभएको थियो । नगर प्रोफाइलको बारेमा गलकोट नगरपालिकाका आईटी ईन्जीनियर अर्जुन चालिसेले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७६/७७, ०७७/७८ र ०७८/७९ को तीन वर्ष आवधिक विकास योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

    आजै गलकोट नगरपालिकाले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषको आय व्यय समेत सार्वजनिक गरेको छ । नगरपालिकामा सञ्चालित विपद् व्यवस्थापन कोषबाट अहिले सम्म विभिन्न संघ संस्था व्यक्तिबाट १ करोड १५ लाख ४५ हजार २ सय ९७ रुपैया कोषमा जम्मा भएको छ । त्यस्तै नगरपालिकाले विभिन्न योजनाको बजेटबाट शिर्षकान्तर गरि ८१ लाख जम्मा गरेको जानकारी गराइएको थियो । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न क्वारेन्टाइन निर्माण, प्रिआईसोलेशन निर्माण, स्वास्थ्य सामाग्री खरिद, सवारी साधनको परिचालन, कोरोना संक्रमितलाई आईसोलेशनमा राख्दा, क्वारैनटाईनमा रहेका ३ सय २५ जना नगरवासीको लागी खाद्यान्न ब्यवस्थापन, आरडिटि तथा पिसिआर परिक्षणको ब्यबस्थापन तथा कोरोना बारे सचेतनता सन्देश तथा प्रचारप्रसार एबं अलपत्र नागरीकलाई खाजा खानाको ब्यबस्थापन जस्ता शिर्षकमा‌ रु १ करोड ३ लाख १ हजार ६ सय ४० रुपैया असार मसान्त सम्म खर्च भएको र अब नगद रु १२ लाख ४३ हजार ६ सय ५७ कोषमा बाँकी रहेको जानकारी गराईएको थियो ।

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • २.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व

    भर्खरै

    • १.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ३.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ४.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ५.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ६.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ७.
      फिफाद्वारा एन्फा निलम्बित

    • ८.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation