बाँके। बाँकेमा पुनः कोरोनाभाइरस संक्रमण फैलिन थालेको छ । समुदाय स्तरमा एकै पटक २७ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरु नेपालगञ्ज त्रिभुवन चोक क्षेत्र तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतका कर्मचारी हुन् ।
समुदाय स्तरमा एक्कासी संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा गर्ने तयारी गरिएको छ । कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।आगामी आइतबारबाट लागु हुने गरी तीन दिनका लागि बाँके जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमण नियन्त्रण भइरहेका बेला जिल्लामा भने समुदायस्तरमै संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो ।
समुदायमा संक्रमण फैलिएपछि स्थानीय चिन्तित बनेका छन् ।विभिन्न स्थानका संक्रमितहरुसँग सम्पर्कमा आएका मानिसहरुको परीक्षण गर्दा कर्मचारीसहित २७ जनामा संक्रमण पुष्टि भएको जिल्लाले जनाएको छ । थप संक्रमणको जोखिम हुन नदिन ३ दिनका लागि आइतबार देखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
समुदायस्तरमा कोरोना देखिएपछि बाँकेमा निषेधाज्ञा
समुदायस्तरमा कोरोना देखिएपछि बाँकेमा निषेधाज्ञा
Advertisement
तपाईको प्रतिक्रिया