ओमप्रकाश गुप्ता, सिसहनियाँ । देउखुरीमा सर्पले टोकेर एक बालकको ज्यान गएको छ ।
दाङको राप्ती गाउँपालिका ७ अर्नहनपुर निवासी नारायण चाैधरीका छोरा वर्ष ७ का राजन चाैधरीको सर्पको टोकाईबाट मृत्यु भएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरीले बताए । अाइतवार दिउँसो करिव १२/१ बजेको समयमा साथीहरू सँग कुलामा माछा मार्न गएका बेला ती बालकलाई विसालु सर्पले टोकेको थियो । बालक विहोस हुन थालेपछि तत्काल स्थानीय मेडिकल हुँदै लमही अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि संर्प दंश उपचार केन्द्र गोरूसिंङे लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि बालकलाई नेपालगन्ज लैजाँदै गर्दा बेलुका करिव ४ बजे बाटोमा नै निधन भएको भेरी अञ्चल अस्पताल नेपालगन्जका डा.पारस पाण्डेले जानकारी दिए ।
Advertisement