प्युठान। जिल्लाका गाउँ/ नगर पालिकाहरुमा निमार्ण गरिएको क्वारेनटाइन र आइसोलेशन खाली हुँदै जान थालेका छन् । आईतबारसम्म जिल्लाका स्थानीयतहमा ५ सय ६५ जना क्वारेनटाइनमा बसी रहेका छन् भने ७ जना आइसोलेसनमा बसी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।जिल्लाका क्वारेनटाइन र आईसोलेशनबाट घर फर्कनेको संख्या थपिनेको तुलनामा धेरै बढी रहेको स्वास्थ्य कार्यालयका फोकल पर्शन पुस्कल श्रेष्ठले कामना डेलीलाई बताए । अब जिल्लाको प्युठान नगरपालिकामा ३, ऐरावती गाउँपालिकामा ३ र सरूमारानी गाउंपालिकामा १ गरी जम्मा ७ जना कोरोना संक्रमित बाँकि छन । उनिहरुको स्थानिय आईसोलेशनमा उपचार भईरहेको छ । संक्रमित सबै निको भई घर गएपछी जिल्लाका नौ मध्ये ६ स्थानिय तह कोरोनामुक्त भएका छन।
आईतबारसम्म कुल ३ सय २६ जनाले कोरोना जितेर घर फर्किएका छन् । आज ऐरावती ११ , मण्डवि २,सरूमारानी गाउँपालिकाका ४ र प्युठान नगरपालिकाका ४ गरी २१ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो ।आइसोलेशनमा रहेका उनीहरुको दोस्रो पटकको पिसिआर परीक्षण रिपोर्टमा नेगेटिभ देखिएपछि घर फर्किएका हुन् ।
स्वाब संकलन गरिएका मध्ये १०६ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
रित्तिँदै प्युठानका आइसोलेशन र क्वारेन्टाईन
रित्तिँदै प्युठानका आइसोलेशन र क्वारेन्टाईन
Advertisement
तपाईको प्रतिक्रिया