• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

गुल्मीमा यसरी मनाईयो धान दिवस (फोटो फिचर)


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस बिबिध कार्यक्रम गरेर मनाइएको छ । ‘धान उत्पादनमा बृद्धि आत्मानिर्भरता र समृद्धि’ भन्ने नाराका साथ गुल्मीको धुर्कोट गाउँपालिकाको वडानम्बर ७ को मानेचौरमा धान दिवसको अबसरका सामुहिक धान रोपेर मनाइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मी र पनाह मानेचौर बहुउदेश्यीय कृषि फर्मको आयोजनामा धान दिवस मनाइएको हो । उनले हुनसक्ने खाद्ययन्न संकटलाई मध्य नजर राखेर सबैले अन्नवाली मान्छेका निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि ज्ञानकेन्द्र प्रमुख घिमिरेले कृषकलाई उत्साहित गर्न असार पन्ध्रमा रोपाइँ गर्ने कार्यक्रममा राखिएको बताए । उनले कृषि क्षेत्रमा उत्पादन बढाउन सबै कृषक व्यवसायीक रुपमै लाग्नु पर्ने बताए । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा वि.सं. २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो । असार १५ का दिन हिलो टेक्नु पर्ने मान्यता छ ।
    यस दिन रोपाइँलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हल गोरुले हिल्याएको हिलोमा धान रोपेर आपसमा रमाउँदै एकआपसमा हिलो छ्याप्ने प्रचलन पनि छन् ।
    गुल्मी जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये नौ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । भने एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । केही खेतमा चैते धानसहित मकै बाली समेत लगाउने गर्दछन् । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटलाई चिनिन्छ । गुल्मीमा हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरि आचार्यले बताए ।
    यस वर्ष साउन महिनाभर सवै ठाउँमा रोपाई सकिने अनुमान गरिएको कृषि ज्ञानकेन्द्रका कृषि प्राबिधिक हरि आचार्यले बताए । जिल्लाका धेरै चैते धान हुने खेतहरु सडकका कारण अहिले बाँझो नै छन् । करिव पाँच सय रोपनी खेतमा सडकका कारण चैते रोपाई हुँदैन् ।
    जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ ।
    भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि वढ्दै जान थालेको छ । जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाइँसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।
    सामुहि रोपाइँ कार्यक्रम मानेचौरमा पनि धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, उपाध्यक्ष शिब खत्री, कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरे, लगायत कर्मचारी तथा कृषकहरुको सहभागितामा सामुहिक धान रोपेर मनाइएको थियो । सामुहिक धान रोपाइँ कार्यक्रममा गाउँपालिका अध्यक्ष पोखरेलले कृषि क्षेत्रमा उत्पादन बृद्धि गर्न गाउँपालिकाले खास कृषकलाई प्रोत्साहन गर्दै आएको बताए ।
    उनले बाँझो जमिनमा खेती गर्ने देखि व्यवसायीक रुपमा कृषि गर्ने कृषलाई गाउँपालिकाले बिशेष योजनाका बनाएरै सहयोग गरेको बताए । बिश्वर भर ठूला ठूला बिपत्तीहरु देखिएकाले मान्छेले खाने अन्तवाली गाइबस्तुलाई नदिन आग्रह गरे ।

    Advertisement

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...