पुजा लम्साल,सुनवल। पश्चिम नवलपरासीको सुनवलका २ जना कोरोना संक्रमित कोरोना मुक्त भएर आइतबार घर फर्किएका छन् । डिस्र्चाज हुनेमा सुनवलमा पहिलो चरणमा फेला परेका ६ जना संक्रमित मध्ये वडा नम्बर १३ का २२ र २८ वर्षका दुई जना पुरुष हुन् । गत जेठ २९ गते कोरोना पुष्टि भएका उनिहरुलाई सुनवलकै आइसोलेसनमा राखिएको थियो । उनिहरु सबै भारतबाट आएका हुन् । ति दुई जनाको पछिल्लो पटक गरिएको परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि थप १ हप्ता होम आइसोलेसनमा बस्ने सर्तमा उनिहरुलाई आज डिस्चार्ज गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभएको छ । आज एक कार्यक्रमका बिच सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा, नगर उपप्रमुख दधिराम अर्याल, जनप्रतिनिधि, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, स्वास्थ्यकर्मि लगायतको टोलिले बिदाई गर्नुभएको थियो । सुनवल नगरपालिकामा मात्र हाल सम्म ३२ जना कोरोना संक्रमित भेटिएका छन् । आइसोलेसनमा रहेका अन्य संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रमुख न्यौपानेले बताउनुभयो । यो संगै पश्चिम नवलपरासीमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यस अघि जिल्लाका पहिलो संक्रमित प्रतापपुर गाउँपालिका ५ बैदौलीका एक युवा, सुस्ता गाउँपालिका वडा नम्बर ५ का दुईजना युवा र बर्दघाट नगरपालिका वडा नं १६ का एक युवाले कोरोनालाई जितेर घर फर्किसकेका थिए ।
सुनवलका दुई जना कोरोनामुक्त भएर घर फर्किए
सुनवलका दुई जना कोरोनामुक्त भएर घर फर्किए
Advertisement
तपाईको प्रतिक्रिया