काठमाडौँ । पाल्पामा पछिल्लो पटक थपिएका ९३ जना कोरोना संक्रमित एउटै गाउँपालिकाका रहेको पुष्टि भएको छ ।
Advertisement
जिल्लामा पछिल्लो पटक पुष्टि भएका सबै कोरोना संक्रमित निस्दी गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।निस्दीका २ सय ३४ जनाको नमुनाको परीक्षणमा ९३ जनामा कोरोना देखिएको हो । उनीहरुको भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको थियो ।
पछिल्लो तथ्यांकअनुसार पाल्पामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ ।