• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

प्युठानमा रिपोर्ट नआउँदै संक्रमित घर पुगे पछि…


  •   सोमबार, असार ०८, २०७७ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान । प्युठानमा थप २३ जनामा कोरोना पुष्टि भएको छ। यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ।राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाव परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए । त्यस मध्ये दुई जना स्वास्थ्यकर्मी हुन। उनिहरु २ देखि ५५ बर्ष उमेर समुहका छन।
    प्युठानमा सोमबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । लकडाउनको समयमा भारतबाट घर आइपुगेका २१ जनालाई प्युठान नगरपालिका– ३ स्थित सरस्वती प्राबी सेपुङको क्वारेन्टाइनमा राखिएको थियो ।
    आईतबार उनीहरुलाई रिपोर्ट आउन ढिला भएको भन्दै घर पठाईएको थियो । ‘स्वाब लिएर परीक्षणका लागि पठाएका २१ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाएका हौँ’ प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले भने, ‘लक्षण पनि नदेखिएको र क्वारेन्टाइनमा बसेको २७ दिनभन्दा बढी भएकाले घर पठाएका हौं ।’ उनीहरु आइतबार घर गएका थिए । तर भोलिपल्ट सोमबार उनिहरुलाई कोरोना संक्रमण भएको रिपोर्ट आयो । हिजो आईतबारको रिपोर्टमा समेत सोही क्वारेन्टाईनमा बसेका ३ जनाका कोरोना पोजिटिभ देखिएको थियो। यसबाहेक परिवारका सदस्य र उनिहरुले भेटघाट गरेका व्यक्तिहरुको खोजी गरिने प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिएका छन् । घर पठाइएकाको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले हतार हतार संक्रमितहरूलाई घरबाटै उठाएर फेरी क्वारेन्टिन ल्याएको छ । रिपोर्ट नआउँदै क्वारेन्टाईनबाट घर पठाउदा गाँउघरमा थप संक्रमण फैलन सक्ने भन्दै सरोकारवाला थप गंभिर हुन स्थानियले आग्रह गरेका छन ।

    Advertisement

    प्युठान नगरपालिका ७ दिनसम्मका लागि शिल

    यसैविच, प्युठान नगरपालिकालाई ७ दिनसम्मका लागि शिल गरिएको छ । नगरपालिकामा सोमबार एकैदिन २३ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका शिल गरिने भएको हो । सोमबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ७ दिनसम्मका लागि नगरलाई नै शिल गर्ने निर्णय गरेको नगरप्रमुख कक्षपतीले जानकारी दिए ।प्युठान नगरपालिका, सापडाँडा स्वास्थ्य चौकी, सेपुङ र रिचीको बस्ती शिल गरिएको हो।
    उनले अत्यावश्यकीय सेवा बाहेक अन्यको हकमा प्युठान प्रवेश गर्ने र बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै नगरपालिकामा पनि सङ्क्रमित थपिन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख कक्षपतीले बताए ।प्युठान नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ५५ जना पुगेको छ।

    सोमबार, असार ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...