जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा आइतबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाले गत असार ४ गते सबै वडाका सामुदायिक क्वारेन्टाइनमा बसेका १ सय २८ जनाको स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाएको मध्य आइतबारसम्म ५२ जनाको रिपोर्ट आएको र ति मध्य २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ पुरुष छन् भने ५ महिला छन् ।
संक्रमित वडा न १ का ५ महिला र ३ पुरुष गरि ८ जना, वडा ३ का २ जना पुरुष, वडा न ४ का २ जना पुरुष, वडा न ६ का १ जना पुरुष, वडा न ७ का ३ जना पुरुष, वडा न १२ का ३ जना पुरुष र वडा न १३ का २ जना पुरुष गरि जम्मा २१ जना रहेको सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले बताए । उनका अनुसार संक्रमित सबै भारतबाट आएर वडा स्तरीय सामुदायिक क्वारेन्टाइनमा बसेका हुन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै सक्रमितलाई नगरपालिकाले वडा नम्बर १ स्थित बाल सिकाइ केन्द्रको भवनमा बनाएको आईसोलेसन सेन्टरमा लैजाने तयारी गरिएको समेत न्यौपानेले बताए । यससङ्गै सुनवल नगरपालिकामा मात्रै कोरोना सक्रमितको सङ्ख्या २७ पुगेको छ ।
सुनवल नगरपालिकामा आज थप २१ जनामा कोराना पुष्टि
सुनवल नगरपालिकामा आज थप २१ जनामा कोराना पुष्टि

Advertisement
तपाईको प्रतिक्रिया