प्यूठान । प्रदेश ५ सरकारले ल्याएको कोरोना विशेष कार्यक्रमबाट प्यूठानमा १८ सय जनाले अनुदान पाउने भएका छन । प्रदेश ५ सरकारले विशेष कार्यक्रमका लागि प्यूठानका ९ स्थानीय तहमा ४ करोड १४ लाख रुपैयाँ बजेट समेत पठाएको छ ।
कृषिमार्फत युवाहरुलाई स्वरोजगार बनाउन व्यवसायिक तरकारी खेती, बाख्रापालनका लागि अनुदानको व्यवस्था गरिएको हो । यो कार्यक्रम जिल्लामा प्रभावकारी समेत हुने अपेक्षा गरिएको छ।
Advertisement
कोरोना भाइरस(कोभिड १९) फैलिएपछि भारत तथा तेस्रो मुलुकबाट फर्कने युवाको संख्या बढ्दै गएकाले उनीहरुलाई लक्षित गरी सरकारले कोरोना विशेष कार्यक्रम ल्याएको हो ।
प्रदेश सरकारको यो कार्यक्रम प्यूठानका स्थानीय तहले लागू गरेका छन् । सोही अनुसार प्यूठानको नौबहिनी गाउँपालिकाले अहिले भारत तथा अन्य देशबाट फर्किएका युवाको तथ्यांक संकलन गरिरहेको छ ।