अनिल खत्री, गुल्मी । गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशिक प्रयोगशाला रुपन्देहीका गरिएको परिक्षणमा धुर्कोट गाउँपालिकामा २० जना, गुल्मीदरबार गाउँपालिकामा १४ जना, इस्मा गाउँपालिकामा १२ जना र मालिका गाउँपालिकामा २ जना गरि ४८ जनाका कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले बताए ।थपिएका संक्रमित मध्ये धुर्कोट गाउँपालिकामा २४ वर्षका, ४६ वर्षका, २६ वर्षका, ३२ वर्षका, ४६ वर्षका, २४ वर्षका, ३४ वर्षका, २७ वर्षका, १९ वर्षका, ४० वर्षका, २६ वर्षका, २४ वर्षका, २२ वर्षका, ३४ वर्षका, ४७ वर्षका पुरुष रहेका छन् । त्यस्तै ३२ वर्षकी, २१ वर्षकी र २३ वर्षकी महिला रहेकी स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।त्यस्तै, गुल्मीदरवार गाउँपालिकामा वडा नम्बर १ मा १८ वर्षका, २० वर्षका, ४४ वर्षका, २७ वर्षका पुरुष, वडा नम्बर २ मा २६ वर्षका, २१ वर्षका, २१ वर्षका पुरुष, वडानम्बर ३ मा २२ पुरुष, वडानम्बर ४ मा ४४ वर्षकी महिला र ३८ पुरुष रहेका छन् । त्यस्तै वडा ६ मा २० वर्षका, ३० वर्षका, २९ वर्षका पुरुष, वडानम्बर ७ मा १९ वर्षका पुरुष रहेका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।त्यस्तै इस्मा गाउँपालिकामा २० वर्षका, ५९ वर्षका, २२वर्षका, ५३ वर्षकी महिला, ५३ वर्षकी महिला, २४ वर्षका, २८ वर्षका, २९ वर्षका, २४ वर्षका, २२ वर्षका, २० वर्षका पुरुष थपिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताइन् । त्यस्तै मालिका गाउँपालिकामा वडा नम्बर ५ का ४० वर्षकी महिला र २२ वर्षका पुरुष रहेको गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले बताए ।
थपिएका संक्रमित अनुसार जिल्लामा १५३ जना पुगेका छन् । संक्रमित ४ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४४९ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।