काठमाडौं।पर्वत अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले शुक्रबार जारी प्रेस विज्ञप्तिमा अर्काे सूचना जारी नभएसम्मका लागि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।
Advertisement