राम बहादुर बिश्वकर्मा,प्यूठान । प्यूठानमा कोरोना संक्रमितको संख्या जम्मा ७३पुगेको छ। आज मंगलबार थप १८ जना थपिएसंगै संक्रमितको संख्या ७३ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये नौवहिनि गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना, माण्डबी गाउँ पालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना छन् । उनिहरु २२ देखि ४४ बर्ष उमेर समुहका छन।
Advertisement
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौ मा बुधबार गरिएको परिक्षणमा प्यूठानका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुबेदीले बताए । संक्रमित सबै १९ जना पुरुष छन । उनिहरु भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएका थिए।