• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, फागुन २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

बालेन शाहको उदय र नेपालको भविष्य

रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

लोकप्रिय समाचार

  • १. प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

  • २. नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

  • ३. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ४. प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

  • ५. बालेन शाहको उदय र नेपालको भविष्य

  • ६. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ७. प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

  • ८. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

दुर्लभ सूर्य ग्रहण लाग्दै : विश्वमा नै सकारात्मक परिवर्तनको संकेत


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । आगामी २०७७ साल असार ७ गते आइतबार जुन २१ तारिखका दिन नेपालबाट खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ । उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेकाे हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । ग्रहण सुरुभएकाे २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छाेडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । यस्ताे खालकाे ग्रहण महाभारत युद्धको समयमा पनि लागेकाे भन्ने ज्याेतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ । आइतबार सूर्य ग्रहण तथा साेमबार चन्द्र ग्रहण परेकाे वर्ष विशेष महत्व रहने गरेकाे छ । उक्त ग्रहणलाई चुडामणी ग्रहण भनेर भन्ने गरिएको छ । गत वर्ष पुस महिनामा लागेकाे खण्डग्रस सूर्यग्रहण भन्दा भन्दा ठीक विपरीत तरिकाबाट लागेकाले पनि यसकाे प्रभाव विश्वभरि नै सकारात्मक रहने अनुमानित गरिएको छ ।

    Advertisement

    मृगशिरा र आर्द्रा नक्षत्र तथा मिथुन राशिमा लाग्ने ग्रहणले १२ राशिमा फरक फरक प्रभाब पर्ने छ । विशेषगरी वृष, मिथुन, बृश्चिक र मीन राशिका जातक हरुका लागि ग्रहणकाे प्रभाव उच्च रहने छ भने कर्कट,तुला,धनु र कुम्भ राशि हुनेहरुका लागि मध्यम रहनेछ । मेष,सिंह,कन्या तथा मकर राशिहुनेका लागि भने शुभ रहने छ । पञ्चाङ्गमा उल्लेख भएअनुसार मेष राशिका जातकले ग्रहण अवलोकन गरेमा श्रीप्राप्ति तथा सिंह राशिहुनेका लागि लाभ र कन्या तथा मकर राशिका जातकका लागि सुख प्राप्ति हुने बताइएको छ । असुरक्षित तरिकाबाट कसैले पनि ग्रहण अवलाेकन नगर्न समेत आम सर्वसाधारणमा आग्रह गरिएको छ। याे ग्रहण ७५ प्रतिशत मानिसले हेर्न नहुने तथा चार आेटा राशि अर्थात २५ प्रतिशतले सुरक्षित अवलोकन गर्दा कुनै प्रकारकाे हानिकारक नहुने ज्याेतिषीले जानकारी गराएका छन् ।

    धार्मिक नियम अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ। ग्रहणकाे प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडा हरुमा कुश राख्ने तथा गाईको गाेबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ । गाईको गाेबरमा हानिकारक व्याक्टेरिया लाई निष्कृय पार्न सक्ने शक्ति रहेकाे वैज्ञानिक बाटै पुष्ठि भैसकेकाे छ ।
    खण्डग्रास सूर्यग्रहण विशेष गरेर मिथुन राशिका दुईवटै नक्षत्रमा लाग्ने भएकाले ज्याेतिष तथा खगोलविद्हरुले एेतिहासिक ग्रहण भनेर जानकारी गराएका छन । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरी पश्चिमी उत्तरका देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि मिथुन राशिको दिशा पनि पश्चिम नै हो, यस कारणले पनि पश्चिमी क्षेत्रमा उच्च प्रभाव पर्ने अनुमान गरिएको छ । ग्रहकाे अवस्था पनि देवगुरु बृहस्पति नीच अवस्थामा शनिसँग वक्री भएर एउटै राशिमा रहेका छन् । जुन जुन समयमा शनि तथा बृहस्पति एउटै राशिमा बस्दछन् यस्ताे समयमा विश्वमा नै नकारात्मक प्रभाव पर्ने गरेकाे छ । गत वर्ष पुस १० गते लागेकाे ग्रहण पनि दुर्लभ भनेर भनिएको थियाे उक्त समयमा पनि ६ आेटा ग्रह एकैसाथ धनु राशिमा बसेकाे अवस्थामा लागेकाे थियाे यसकाे प्रभाव पूरा विश्वभरिनै परिरहेकाे छ । आईतवार लाग्ने ग्रहणले पनि विशेष गरी महामारी,चाेरी- डकैती विपरीत बुद्धि हुने भनेर भनिएकाे छ । बुध व्यापारसँग सम्बन्धित रहेकाले राहु चन्द्रमा र सूर्यसँग सँगै बसेकाले पनि व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रहरुमा यसकाे उच्च प्रभाव रहने अनुमान गरिएको छ । हवाई दुर्घटना तथा भुकम्प जान सक्ने सम्भावना पनि विगतमा लागेका ग्रहकाे अनुसन्धानका क्रममा अनुमानित गरिएको छ ।
    यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग्वेदमा भनिएको छ, ‘अत्रि ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रिमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिककालदेखि नै ग्रहणको अध्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।

    पाचौँ शताब्दीमा आर्यभट्टले ग्रहण सम्बन्धि थप रहस्य पत्ता लगाउदै ग्रहणकाे आधिकारिक समय निर्धारण गरेका थिए । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आध्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ भनेर । ग्रहणकाे समयमा सूर्यबाट आउने किरणमा नकारात्मक प्रकाश आउने हुँदा यसबाट बच्नका लागि आग्रह समेत गरेका छन् । यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण लाग्नुको मुख्य कारण नै राहु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्हरुले यस्ता किसिमका खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका हेर्ने गर्दछन् ।खगाेल सम्बन्धि अध्ययन गर्नका लागि ग्रहणकाे समय अति उपयोगी हुने गरेकाे छ । ऋषि महर्षी हरुले हजारौं वर्ष पहिल्यै खालि आखाले रातकाे समयमा देखिने तारा तथा नक्षत्र लाई गणना गरेर पत्ता लगाएकाे खगाेल विज्ञानलाई आधुनिक विज्ञानले अर्बौं डलर खर्च गरिसकेका छन् ।
    पृथ्वीले आफ्नो अरविटमा नित्य रुपमा सूर्यकाे परिक्रमा गरिरहेकाे छ । त्यस्तै सूर्यले पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ । चन्द्रमाले पनि पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ । पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४ प्रतिशत मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरका हुन्छौं । परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्यभागमा आउँदछ या एउटै लाईनमा पर्दछ यस्तो अवस्था लाई न्यूमुन अर्थात् अमावस्य भनिन्छ । यस्तो अबस्थामा चन्द्रमाले सूर्यको प्रकाशलाई पूर्णरूपमा पृथ्वीमा आउन अवरोध गर्दछ र राहु तथा केतुकाे पनि पूर्ण छाया परेकाे अवस्थामा पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो । यहीँ ग्रहण अन्य देशबाट फरक तरिकाले पनि देख्न सकिन्छ ।
    यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था बन्दछ । पृथ्वीको विपरीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ । यदि यस्तो अबस्थामा राहु या केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ । सामान्यतया चन्द्रमाकाे छाया पृथ्वीमा पर्दा सूर्यग्रहण तथा पृथ्वीकाे छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्दछ ।
    ग्रहण कालमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्र हरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ । याे ग्रहणमा शिव तथा कालीकाे साधना बहु उपयोगी हुने उल्लेख गरिएको छ । यस्ताे समयमा गरिएको शुभ कर्महरु अन्य समयमा गरिएको भन्दा १०८ गुणाले बढिहुने शास्त्रमा उल्लेख गरिएको छ ।

    लेखक सुरेशचन्द्र रिजाल ज्याेतिष तथा वास्तुविद् हुन सम्पर्क ९८५१०६११२४ ईमेल rijal.suresh123@gmail.com

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीको भुर्तुङ्गमा बारम्बार मोबाइल नेटवर्क समस्या
    राप्ती गाउँपालिकामा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु
    माण्डवीमा साइबर क्राइमसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
    राप्ती गाउँपालिकामा विद्युतीय हाजिरी प्रणाली लागू
    कपिलवस्तुमा क्युआर कोडबाटै निवेदन र उजुरी दिन सकिने
    ओली र डिजिटल बोर्ड ह्याकिङ: प्रविधिकै माध्यमबाट आक्रमण

    लोकप्रिय

    • १.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक

    • २.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध

    • ३.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ४.
      प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

    • ५.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ६.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    भर्खरै

    • १.
      राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

    • २.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ३.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    • ४.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

    • ५.
      प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

    • ६.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

    • ७.
      प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

    • ८.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation