अर्घाखाँची । अर्घाखाँचीमा थप तिन जना लाई कोरोना पुष्टि भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ६ का ३ जना पुरुषमा भरतपुर अस्पतालको प्रयोगशाला को परिक्षणमा कोरोना पुष्टि भएको स्वस्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।
उनीहरुको उमेर ३५,२०,३५ रहेकोे स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो संगै संक्रमितको संख्या ४१ पुगेको छ । भने जसमा २ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।मृत्यु हुनेमा भुमिकास्थान नगरपालिकाका १ र मालारानी गाउँपालिकाका १ पुरुष रहेका छन ।
संक्रमितहरू सदरमुकामको हटारिको आईशोलेसनमा उपचाररत छन । उनिहरूको स्वास्थ्य सामान्य रहेको छ ।
Advertisement