राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठानमा शुक्रवार थप दुई जनामा कोरोना पुष्टि भएको छ।
जिल्लाको माण्डबी गाउँपालिका ३ मा रहेको बगेश्वरी माध्यमिक विद्यालय तिघ्राको क्वारेन्टाइनमा रहेका ती २ जनामा कोरोना पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य अस्पताल भैरहवामा गरिएको स्वाव परिक्षणको क्रममा थप २ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार संक्रमित माण्डवी गाउँपालिका १ का ३६ वर्षिय र वडा नं. ४ का ४८ वर्षिय पुरुष रहेका छन् ।उनीहरु भारतको नयाँ दिल्लिबाट आएर गत जेठ १० गते क्वारेन्टाइनमा बस्दै आएका थिए।
यसअघि सो क्वारेन्टाइनमा बसेका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै माण्डबी गाउँपालिकामा मात्रै कोरोना संक्रमितको संख्या १० पुगेको छ । उनीहरुलाई अहिले माण्डबि गाउँपालिका ३ मा रहेको कृष्ण आधारभुत बिध्यालय मार्सिबाङमा राखिएको छ । संक्रमितको अबस्थामा भने सामान्य रहेको बताईएको छ । हाल सम्म जिल्लामा जम्माजम्मी कोरोना संक्रमितको संख्या २४ पुगेको छ।