रोल्पा। रोल्पामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको ।
Advertisement
बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन । संक्रमित सुनिलस्मृति गाँउपालिका वडा नम्बर ४ का ७,१६,१८,२२,२४,२६,३० वर्षीय पुरुष र ४४ वर्षीय महिला रहेका छन । सोहि गाउँपालिका वडा नम्बर ८ का २३,३२,१९, १८,२१ वर्षीय पुरुष र वडा नम्बर ७ का १७ पुरुष रहेका छन्। स्वास्थ्य शाखाकी प्रमुख सावित्रा थापाका अनुसार उनीहरु जेठ १२ गते १३ भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यससंगै रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
संक्रमित सबै सुनिलस्मृति गाउँपालिकाका रहेका छन् ।रोल्पामा पहिलो २५ जेठमा तीनजना पुरुषमा कोरोना पुष्टि भएको थियो ।