सलिम अन्सारी, प्युठान । जिल्लाका थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा प्युठानका एक युवकमा कोरोना पोजिटिभ देखिएको हो ।प्यूठानबाट ८१ जनाकाे स्वाब संकलन गरी पठाएकाेमा प्युठान सरुमारानी गाउपालिका वडा नंवर २ का एक १९ वर्षीय पुरुषमा काेराेना संक्रमण देखिएकाे र बाँकीकाे रिपाेर्ट नेगेटिभ आएकाे प्रतिष्ठानले जनाएकाे छ । स्थानिय खड्केश्वरी प्राथमिक बिध्यालयको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। सोही क्वारेन्टाईनमा रहेका २७ जनाको स्वाब संकलन गरि गत जेठ १७ गते परिक्षणका लागि प्रतिष्ठान दाङ पठाईएको थियो। ती व्यक्ति यही जेठ ६ गते भारतको मध्येप्रदेशबाट स्वदेश आइपुगेको बताइएको छ । कपिलवस्तुको कृष्णनगर नाका हुँदै बीस जनाको समुहमा उनी स्वदेश आएका थिए।
यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या चार पुगेको छ।यश अघि स्वर्गद्वारी नगरपालिकामा १ जना र माण्डवी गाउँपालिकाका २ जना सहित ३ जनालाई कोरोना देखिएको थियो।