सीता बि.क,प्युठान । कपिलवस्तुको कृष्णनगर सिमानाबाट उद्धार गरि ल्याईएका प्युठान नगरपालिका वडा नंवर ९ मरन्ठाना स्थित बाल बिध्या माबिको क्वारेन्टाइनमा रहेका ३० जनाको र्यापिड डायग्रनोस्टिक टेस्ट गरिएको छ ।
आरडिटी रिपोर्ट अनुसार उनीहरुमा कोरोना सक्रंमण नभएको मरन्ठाना स्वास्थ्य चौकी प्रमुख रन्जना के सि ले जानकारी दिनुभयो । प्यूठान नगरपालिकाको वडा न ९ का १४ जना, वडा न १० का १६ जना, र १ जना होम क्वारेन्टाइनमा बसेका हुन् । अहिलेसम्म उक्त क्वारेन्टाइनमा ६३ जना भारतबाट आएकाहरु बस्दै आएको के सि ले बताउनुभयो।के सि का अनुसार १४ दिन सम्म क्वारेन्टिनमा राखेर उनीहरुलाई गाउँमै आरडिटि गरिएको हो । रिपोर्ट नेगेटिभ आएसँगै सबैजनालाऊ आ-आफ्नो घर पठाईएको छ।
Advertisement