काठमाडौं । नेपाल एकैदिन थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार योसँगै देशभर कुल संक्रमितको संख्या २६३४ पुगेको छ ।