अराज बेलबासे,अर्घाखाँची। शितगंगा नगरपालिका १० मा रहेको हाम्रो एग्रो फार्ममा लगाइएको ५० रोपनी क्षेत्रफलको कागती खेती बन डढेलोले सखाप पारेको छ ।
जंगलबाट आएको आगोले आफ्नो पचास रोपनी जमिनको १२ हजार बढी कागतीका बिरुवाहरु जलेर खरानी भएको फार्मका सञ्चालक यमलाल आर्चायले जानकारी दिनु भयो । यहा उत्पादित कागतीका बिरुवाहरु अर्घाखाँची सहित प्रदेश ५ का बिभिन्न जिल्लामा समेत निर्यात हुने गरेको छ । कपिलबस्तुका सञ्चालक आर्चायले उत्त क्षेत्रमा करोडौको लगानीमा कृषि रिसर्च सेन्टर स्थापना गर्नु भएको छ । उत्त फममा कागती खेती , मौरी तथा माछा पालन, बाख्रा पालन लगायतका धेरै कृषि खेती समेत रहेको छ ।उनले सयौ स्थानियहरुलाई रोजगारी समेत दिएका छन । केही दिन अघि समेत हावाहुरीले कागती नर्सरीको टनेल उडाएर लाखौको क्षति भएको थियो भने अहिले पुन लाखौको कागती आगोले सखाप पारेको छ । हरेक बर्ष यसरी आगो लाग्दा लाखौको क्षति भए पनि सम्बन्धित निकायहरुले कुनै चासो नदिने गरेका दुख ब्यत गर्नु भयो । गत बर्ष समेत बनमा लागेको लागोले सयौ बिरुबा तथा फल्ने बोटहरु नष्ट गरेको थियो । शितगंगाको जँगल क्षेत्रमा पछिल्लो एक साता देखी आगलागी भइरहेको छ।