• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

कोरोना भन्दा भोकमरिको पिडाले छटपटि


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • मणि भुसाल,बुट्वल । संसारभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को पिडाले सिंगो जगत नै त्रसित छ। एउटा रोगको त्रासले मनमा अनेकौं चिन्ता बढाईरहेको छ। जसका कारण त्रास फैलिएको छ। नेपालमा पनि संक्रमण फैलिन नदिन लकडाउन घोंषणा गरिएको छ। दिनभरि काम गरेर सांझ छाक टार्नेहरुलाई कोरोना भन्दा भोकमरिको पिडाले छटपटि नै बनाइरहेको छ। यस्तै पिडाहरुले सारा गरिब जनताहरु दयनिय अवस्था गुजार्न बिवश छन यतिबेला। अर्कोतिर किसानहरुका समस्याहरु पनि उत्ति नै छन। कृषक का उत्पादित खाधान्न खेत मै कुहिनु को बिकल्प छैन। हाटबजार बन्द छन उनिहरुलाई बेच्न असहज परिस्थिति पैदा भएको छ। सरकारले दूध,तरकारि,खाधान्न बिक्रि कार्यलाई आवाश्यक सेवा अन्तर्गत राखेको भएपनि बजार प्रणालि भने ब्यवस्थित देखिदैंन। लकडाउन भएपनि खाधान्न नभई हुंदैन।त्यसैले सरकारले किसान बारे सोंचिदिय उचित हुनेथियो। त्यस्तै अन्य गरिखाने वर्ग पनि अत्यन्तै मारमा छन । बैङ्कबाट कर्जा लिएर ब्यवसाय शुरु गरेकाहरु निकै पिडामा छन यतिबेला। ब्यवसाय बन्द छ ,घरभाडा उत्ति नै महंगो छ। ब्यवसाय बन्द भएपनि घरभाडा भने बुझाउनु पर्ने हुन्छ। लकडाउन खुलेपछि पनि ब्यवसाय तत्काल चल्दैन घरभाडा र बैङ्कको किस्ता कसरी बुझाउने भन्ने चिन्ताले रातभर पिरोलि रहन्छ। समस्या सबैतिर छ अनि सबैको छ ,तर विशेष गरि बैङ्कबाट कर्जा लिएर ब्यवसाय गर्नेहरु भने उठिबास नै लाग्ने अवस्था सिर्जना भैसकेको छ यतिबेला। धन ठूलो कि मन ठूलो भन्ने प्रश्नको जवाफ कसरी दिउं। पैसाले गर्दा नै बांचेका अनि पैसा कै अभावमा ज्यान गुमाउनेहरु प्रसस्तै भेटिन्छन यो अवस्थामा। जीवन जिउनु र धान्नु फरक कुरा हो। जीवन कसरी जिउने भन्ने बिषयमा सर्बेक्षण गर्ने हो भने यस्को नतिजामा छनोट गरिएका ब्यक्तिको आम्दानिको स्तरले प्रभाव पार्दछ। तर जेनतेन गुजारा चलाउंदै आएका त्यि मजदुरहरुलाई आजको चिन्ता केबल कोरोना बाट बच्नु मात्रै होईन। सांझ बिहान छाक टार्नु संगै बैङ्कको सावां र ब्याजको पनि उत्ति कै चिन्ता छ। “अघिल्लो महिना देखि अहिले सम्म पनि किस्ता बुझाउनु भएन” भन्दै बारबार बैङ्कबाट आउने शब्दावलिका दबाबले निकै असहज परिस्थिति खडा गरेको छ यतिबेला। माहामारिको त्रासले लकडाउन उचित छ तर लकडाउन मात्रै समाधानको विकल्प भने पक्कै होईन। सम्पुर्ण मजदुर,कृषक तथा ब्यबसायिहरुको समाधानका लागि उचित निकायले कदम चालिदिए प्रभावकारि हुनेथियो। एकातिर ब्यवसायिहरु मर्कामा छन भने अर्कोतिर बढ्दो बेजोरगारिको अवस्था यकिन गर्न नसकिने अवस्था छ। यस्तै चिन्ता र पिडाले आम नागरिकको जीवन अस्तब्यस्त हुन थालेको छ यतिबेला। ब्यबसायि चिन्ता संगै कोरोनाको त्रास पनि उत्ति नै झेल्नुपरेको छ। यो अवस्थामा धैर्य र संयमताको बिकल्प भने छैन। कोरोना माहामारिका कांरण बैंक हरुलाई पनि प्रभाव नपरेको भने होईन। तर त्यो भन्दा बढि ब्यवसायिहरु मर्कामा परेका छन यतिबेला। ब्यवसाय सबै बन्द भएपनि घरभाडा र बैंकको कर्जा बुझाउनु पर्ने हुंदा अनेकौं यातना पैदा भैरहेको छ ब्यवसायिहरुलाई। त्यसो त यतिबेला बैंकमा किस्ता बुझाउन नपर्ने भएपनि लकडाउन खुलेपछि कसरी पैसाको जोहो गर्ने भन्ने चिन्ताले मन अमिलो बनाईदिएको छ। आफ्नो घरपरिवार,ब्यवसाय संगै कोरोना भाईरसको त्रासले मनमा शान्ति भने कसैको छैन। यस्तो अवस्थामा हामिले विशेष सावधानि र सतर्कता अपनाउनुको बिकल्प छैन। सरकारले आफ्नो तवरबाट अहिले सम्म गरेको सहयोगलाई ठूलो जिम्मेवारी र उत्तरदायित्व
    को साथ प्रयोग गर्नु नै उचित हुन्छ। कयौं मुलुकमा लकडाउनको अवधि अझै लम्बिने अवस्था सिर्जना हुंदा कयौं नागरिकहरु आफ्नो समस्याको समाधान भन्दा बढि आत्महत्या गर्ने अवस्था नआउला भन्न सकिंदैन। तसर्थ हालको अवस्थालाई सहज बनाउनका लागि बैंक तथा बित्तिय संस्था लगायत सरकारको भुमिका महत्वपुर्ण हुने देखिन्छ। कोरोनाबाट परेको आर्थिक प्रभावलाई कम गर्न विभिन्न उचित निकायको सकरात्मक कार्यको अपेक्षा बनिरहेको छ यतिबेला आम नागरिकहरुको लागि।

    Advertisement

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation