प्युठान। नेपाल तरुणदल गौमुखी गाउपालिका ५ खुङ्ग इकाइले खुङ्गका सम्पुर्ण नाकाहरु बन्दी गर्ने भएको छ ।
गौमुखी गाउपालिकाको छिमेकी जिल्ला गुल्मिको मदाने गाउपालिकामा कोरोना पुष्टि भए पछि सजकता आपनाउनको लागि पनि यो निर्णय गर्नु परेको तरुणदल इकाई सभापति निराजन बिक्रम मल्ल ले बताए ।
तरुणदल खुङ्ग इकाइले आज ( बुधबार ) देखि नै गुल्मिबाट खुङ्ग गाउमा प्रबेश गर्ने पाच वटा नाकामा तीन जनाको दरले स्वयंसेवक खटाउने निर्णय गरेको छ ।
त्यस्तै कोरोना बाट कसरी बच्ने भन्नेबारे सचतेना
फैलाउनको लागि अन्य दलहरु सङ्ग पनि समन्वय गरि घरदैलो कार्य समेत गर्ने भएको छ ।
त्यस्तै भारत र अन्य देशबाट आउने मान्छेहरुलाई सकुशल गाउँ ल्याउने र आबस्यक स्वास्थ्य जाँच गराई क्वारेन्टाइन राख्न पनि सहजीकरण समेत गर्ने भएको छ ।
Advertisement