आशिष भारद्धाज, रोल्पा । सुनिलस्मृती गाउँपालिका सुलिचौर रोल्पाले गाउँपालिका भित्रका अति विपन्न २४० घर परिवारलाई राहत वितरण गरेको छ । तेह्रौँ गाउँकार्यपालिका बैठकबाट प्रत्येक वडामा सर्वपक्षिय वैठक वसि वडाका अति विपन्न ३० घर परिवार छनौट गरि राहत बितरण गर्ने निर्णय अनुसार राहत वितरण कार्य सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले पहिलो चरणमा प्रत्येक वडाका अति विपन्न ३० घर परिवारलाई २५ केजि चामल, २ केजि दाल, १ लिटर तेल, २ केजि नुन वितरण गरिएको बताउनुभयो । परिस्थिती अनुसार आगामी दिनमा समेत थप राहत वितरण गरिने अध्यक्ष घर्तीको भनाई छ।
Advertisement