थम्मन थापा, बागलुङ। विश्व अहिले कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट ग्रसित भइरहेको छ । नेपालमा पनि दिनहुँ नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । अहिले २७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
संघीय सरकार देखि प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त विभिन्न उपायहरू अपनाउन लागि परेका छन । नगरपालिकाबाट गत वैशाख ११ गते पर्सा जिल्ला फर्केका १४ जना मजदूरमा कोरोना संक्रमण पुष्टि भए सँगै गलकोट नगरपालिकामा पनि लक डाउनलाई थप कडाई गरिएको छ । अहिले गलकोट नगरपालिकामा पनि वडाहरुमा क्वारेन्टाइन निर्माण, तथा कोरोना रोकथाम व्यवस्थापन समिति गठन लगायतका कार्यहरुमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला, संघ संस्थाहरु लागि परेका छन । गलकोट नगरपालिका वडा नं ७ मा शनिबार सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरिएको छ । बैठकले वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाको संयोजकत्वमा वडा स्तरीय कोरोना रोकथाम व्यवस्थापन समिति चयन गरेको छ । समितीको सदस्यमा लक्ष्मी सार्की, टेकनाथ शर्मा गौतम, डोल बहादुर केसी, नर बहादुर थापा मगर, रुद्र केसी, चिरञ्जीवी मरासिनी, टोप बहादुर थापा, टीका साहनी, राम बहादुर थापा, होम बहादुर बस्नेत, दीपक खड्का, पदम बहादुर थापा, भीम बहादुर केसी (बाबुराम) रहनु भएको छ । त्यस्तै देश विदेश बाट वडा भित्र आउने नागरिकहरुलाई १४ दिन सम्म एकान्तबास राखी कोरोना संक्रमण फैलिन नदिन सार्वजनिक क्वारेन्टाइन निर्माण गरिने भएको छ । क्वारेन्टाइन निर्माण गर्न थम्मन थापाको संयोजकत्वमा १३ सदस्यीय क्वारेन्टाइन निर्माण तथा यातायात निगरानी समिति गठन गरिएको छ । समितीको सदस्यमा पृथ खड्का, भूमिराज थापा, मिन थापा, प्रकाश थापा, दिनेश थापा, जीवन साहनी, अमृत थापा, रवि केसी, जीवन साहनी, प्रदीप थापा, चन्द्र बहादुर थापा, प्रेमकाजी थापा, केशव थापा रहनु भएको छ । कोरोना संक्रमण रोकथाम र क्वारेन्टाइन निर्माण गर्न आवश्यक परामर्शको लागि वडा सदस्य लोक बहादुर थापाको संयोजक रहेको सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा मिन दर्जी, छुम बहादुर थापा, ज्ञान बहादुर थापा र दुर्गा बहादुर चोखाल रहनु भएको छ । समितिले प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिनुभयो । सर्वदलीय सर्वपक्षीय बैठकले बागलुङ जिल्लामा डेङ्गुको प्रकोप बढ्न थालेकोले नगर स्तरिय फिभर क्लिनिक स्थापनाको निम्ति गलकोट नगरपालिकामा ध्यानाकर्षण गराउने र गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा ज्वरो नाप्ने थर्मल गन बिग्रेको र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित, प्रसारित भएको हुँदा त्यसको व्यवस्थापन गरी सहजता ल्याउन आवश्यक पहल तथा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।