• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

पञ्‍चकन्याद्धारा गाउँपालिकाको राहत कोषलाई सहयोग


  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
  • नुवाकोट (घलेगाउँ) ।नुवाकोट जिल्लास्थित पञ्‍चकन्या जनकल्याण युवा समाजले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहयोगको लागि पञ्‍चकन्या गाउँपालिकाले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
    घलेञ्‍ज्याङमा रहेको गाउँपालिकाको अस्थायी कार्यालयमा पुगी सोमबार समाजका तर्फबाट नगद २५ हजार २५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङलाई समाजका अध्यक्ष टीकाराम तामाङले हस्तान्तरण गरेका हुन् ।
    पहिलो चरणमा समाजका कार्यसमितिका पदाधिकारी/सदस्यहरुबाट संकलन गरेर गाउँपालिकाको राहत कोषमा रकम जम्मा गर्ने वैशाख ८ गतेको निर्णयअनुसार सहयोग हस्तान्तरण गरिएको जनकल्याण युवा समाजका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी दिए ।
    गाउँपालिका अध्यक्ष तामाङले सहयोग प्रदान गर्ने पञ्‍चकन्या जनकल्याण युवा समाजलाई धन्यवाद दिँदै राहत वितरणमा गाउँपालिकालाई ठूलो मद्दत पुग्ने बताए । ‘थुप्रै संघसंस्थाले सहयोग गरिरहेको सन्दर्भमा पञ्‍चकन्या जनकल्याण युवा समाजले सहयोग गरेको छ । भलै यो तपाईंहरुका नजरमा थोरै रकम लाग्न सक्छ । तर हामीले ठूलै रकम महसुस गरेका छौं’, अध्यक्ष तामाङले भने, ‘यसले धेरै सहयोग पुग्छ ।’
    जनकल्याण युवा समाजले स्थापनाकालदेखि नै चीरपरिचित हुँदै जनताका काम गर्दै अगाडि बढिरहेकोमा प्रशंसा गर्दै अध्यक्ष तामाङले आगामी दिनमा दु:ख पर्दा सहयोग पाइरहने आशा व्यक्त गरे । अध्यक्ष तामाङले स्थानीय सरकारको तर्फबाट युवा समाजलाई दिने सहयोग निरन्तर रहने वचनबद्धता पनि व्यक्त गरे ।
    सहयोग प्रदान गर्नेक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पराजुली, वडा नं ३ का अध्यक्ष रामबाबु पराजुली लगायत जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारीहरु सहभागी थिए ।
    त्यस्तै समाजका तर्फबाट महासचिव निर्मला तामाङ, सचिव सरोजकुमार खाती, कोषाध्यक्ष रामहरि भण्डारी, सदस्यहरु सुनिल दोर्जे लामा, रामकुमार कार्की लगायतको उपस्थिति थियो ।

    Advertisement

    सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation