प्यूठान । कोरोना नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत राष्ट्र लकडाउनको समय लम्बिदै गएसङ्गै नागरिकहरूको जीवन कष्टकर बन्दै गएको छ । खाद्यान्न लगाएतका आर्थिक संकट पर्दै गए पछि लकडाउनको समयमा पनि मानिसहरू बजारतिर झर्न र बैंकहरूमा भिडभाड गर्न थालेका छन ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका भिङ्ग्री बजारमा शुक्रवार बिहान नै बजारमा चहलपहल देखिन्थ्यो भने विभिन्न बैंकहरूमा नागरिकहरूको भिडभाड देखिन्थ्यो ।
बजारमा चहलपहल तथा बैंकहरूमा भिडभाड बढ्न थालेपछि सरोकार निकायहरू उद्योग वाणिज्य संघ , प्रहरी प्रशासन तथा जनप्रतिनिधिहरू खुलेका पसल बन्द गर्न र बैंकहरूमा पुगेर भिडभाड व्यवस्थित गरेर कारोबार सञ्चालन गर्न अनुरोध गर्दै हिडेका छन ।
विदेशमा रहेका नागरिकहरूले पारिश्रमिक बुझ्ने समय भएकाले रेमिट्यान्सकै कारणले बैंकहरूमा भिडभाड बढेको बैंक कर्मचारीहरू बताउछन । भिङ्ग्री बजारमा रहेका नेपाल बैंक , कृषि विकास बैंकभन्दा निजी बैंकहरूमा भिडभाड बढी हुने गरेको छ ।
बजारमा निजी बैंकहरूका शाखाहरू राष्ट्रिय बैंकभन्दा पहिले नै खोलिएको हुनाले धेरै जस्तो नागरिकका खाता निजि बैंकहरूमा नै भएको हुनाले निजी बैंकहरूमा भिडभाड बढी भएको जनप्रतिनिधिहरू बताउछन् ।
बाहिर भिडभाड भएपनी भित्र व्यवस्थित गरिएको बैंक कर्मचारीहरूको भनाइ छ । सरोकारवालाहरूले बैंक व्यवस्थितरुपले कारोबार गर्न अनुरोध गर्दै हिडेपनी दिउसो पनि नागरिकहरूको उपस्थित अस्तव्यस्त नै थियो ।
लकडाउन : बजार र बैंकहरूमा भिड
लकडाउन : बजार र बैंकहरूमा भिड
Advertisement
तपाईको प्रतिक्रिया