नेपालगञ्ज । बाँकेको नेपालगञ्जलाई निषेधित क्षेत्र घोषित गरिएको छ ।
तीन दिनको फरकमा १६ जना कोरोना भाइरस संक्रमितहरु फेला परेपछि मंगलबारदेखि लागू हुने गरी तीनदिनसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी सर्वदलिय, सर्वपक्षिय बैठकले मंगलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्य रातिसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ले जानकारी दिए ।
यो अवधीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कट्याक ट्रेसिङ र स्वाबं संकलनमा खटिनेहरुलाई आवातजावत गर्न पाइने छ । तर यस बाहेक अन्यलाई घर बाहिर निस्कन पुर्ण रुपमा रोक लगाईने बताईएको छ।
यस्तै बैठकले कोरोना संक्रमणबारे गलत सूचना फैलाउनेको खोजि गरी कानुन अनुसार कारबाही गर्ने तथा नेपालगञ्ज मेडिकल कलेज नजिक रहेको सब्जिमण्डी अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।