टेकबहादुर पुन, दाङ । दाङको देउखुरी पुर्बपश्चिम महेन्द्र राजमार्ग सँग सटेको छ । अन्यत्र भन्दा यस क्षत्रमा दैनिक सयौँ गाडिबाट मानिसहरु यात्रा गरिरहेका हुन्छन् । प्रदेश नम्बर ५ अन्तर्गतका रुपन्देही र बाँके जिल्लामा कोरोना संक्रमित भेटिएपछि दाङ्को देउखुरी पनि कोरोनाको जोखिममा छ । यसप्रती देउखुरी उद्योग बाणिज्य संघले गम्भीर चासो लिएको छ । दाङ्गको देउखुरी कोरोनाको जोखिममा रहेको भन्दै बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले उच्च सतर्कताका लागि जिल्ला प्रशासन कार्यालय दाङ्गको ध्यानाकर्षण गराएका छन् ।
दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई भेट्न अध्यक्ष श्रेष्ठ अाईतबार कार्यालयमै पुगेका हुन । प्र जि अ रिजाल लाई भेट्न पुगेका अध्यक्ष श्रेष्ठले दाङ्ग देउखुरीको पुर्बि सिमाना धानखोला र पश्चिमको शिबखोला नाकामा कडाई गर्न प्रस्ताब राखे । समग्र जिल्लालाई बचाउन अध्यक्ष श्रेष्ठको प्रस्तावमा गम्भिर बन्दै प्र जि अ रिजालले जिल्लाको पुर्बपश्चिम २ नाकामा तत्काल थप सुरक्षाकर्मी खटाए । अति अाबश्यक ढुवानी बाहेकका गाडी वा यात्रीहरुलाई फर्काईने उनले जानकारी दिए ।
पुर्बपश्चिम राजमार्ग भएर आउने व्यक्ति र सवारी साधनलाई कडाई गर्ने अनि सवारी पास समेत रोकिने उनको भनाई छ ।
प्रशासनले कोरोना संक्रमणलाई जिल्ला प्रवेश गर्न नदिने प्रयासमा आफूलाई सक्रिय रुपमा स्थापित गर्ने सिडिअो रिजालले स्पष्ट पारे । उनले सवारी पास पनि करिब करिब रोकेको जानकारी दिए । ‘कोही मरिहालेको अवस्था जस्ता अत्यावश्यक अवस्थामा वाहेक पास नदिने निर्णय लिएका छौँ’–रिजालले भने– ‘यसमा सबैले साथ दिनुपर्छ ।’