• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. ‘दुःख सुनाएर के काम ?’

  • ४. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ५. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ६. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ७. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ८. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ९. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

  • १०. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

यस बर्ष घुम्टेको वैशाख पूर्णिमा मेला स्थगित


  •   आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । पौराणिक काल देखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौं श्रद्वालु भक्तजनहरु पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति त्यहाँ पुग्ने गर्दथे । यस वर्ष घुम्टेमा वैशाख पूर्णिमामा हुँदै आएको मेला स्थगित गरिएको छ ।

    Advertisement

    विश्व नै कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट प्रभावित भईरहेको अवस्थाले नेपाल अहिले लक डाउन छ । कोरोना संक्रमण फैलिन नदिन देशैभर सावधानी र सतर्कता अपनाईएको छ । नेपाल सरकारले घोषणा गरेको लक डाउनलाई मध्यनजर गरि प्रत्येक वर्ष गलकोटको घुम्टेमा लाग्ने वैशाख पुर्णिमा मेला यस वर्ष भनें स्थगित गरिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले भिडियो कन्फ्रेन्स मार्फत बैठक बसि वैशाख पुर्णिमाका दिन सञ्चालन गर्दै आएका सम्पुर्ण पुजाआजा र मेला स्थगित गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । देश लक डाउनमा रहेको र कोरोना भाईरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरि मेला स्थगित गरिएको अध्यक्ष बस्नेतले बताए । यस वर्ष पुर्णिमा वैशाख २४ गते परेको छ । हरेक वर्ष वैशाख पुर्णिमाका दिन घुम्टेमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टेमा रहेका सिद्ध भैरवको मन्दिरमा दर्शन गर्न र भाकल तथा पुजाआजा गर्न बागलुङ जिल्ला सँगै छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, तनहुँ, रुकुम लगायतका जिल्लाबाट हजारौं हजार श्रद्वालु भक्तजनहरु त्यहाँ पुग्ने गर्दथे । केन्द्रले यस वर्ष बुद्व जयन्ती अर्थात वैशाख पुर्णिमाको दिन वैशाख २४ गते घुम्टेमा नजान सम्पुर्ण पर्यटक तथा श्रद्धालु भक्तजनहरुलाई अपिल समेत गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए । पुर्णिमा दिन गरिने पुजाआजालाई लकडाउन खुले सँगै देशको अवस्था सामान्य भएपछि उपयुक्त तिथि मिती अनुसार निरन्तरता दिईने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ । केन्द्रले यस अघि नै लकडाउनको समयमा घुम्टेमा नजानको लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ । केन्द्रले पुर्णिमाका दिन वा लकडाउनको समयमा घुम्टे नजान आग्रह गर्दै गलकोट नगरपालिका र ताराखोला गाँउपालिका र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने, घुम्टे जाने मुख्य नाका गलकोट नगरपालिका वडा नं ५ को टेउवा र हरिचौर बजार वडा नं १० को पाण्डवखानी, वडा नं ७ को मल्म र ताराखोला गाँउपालिका वडा नं ३ हिलको नाकामा केन्द्रका पदाधिकारीहरुले पुर्णिमाका दिन उच्च निगरानी गरिने केन्द्रका सचिव सेरबहादुर थापाले जानकारी दिए । लक डाउनको समयमा घुम्टेमा पुजाआजा रोकिदा श्रद्धालु भक्तजनहरुमा पर्न गएको असुविधा प्रति केन्द्रले क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ ।

    यता बुद्व जयन्तीको अवसरमा घुम्टे प्राकृतिक तथा सांस्कृतिक मञ्च गलकोट नगरपालिका १० पाण्डवखानीले आयोजना गर्दै आईरहेको वैशाखे पुर्णिमा मेला पनि स्थगित गरिएको छ । लक डाउन र विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन मेला स्थगित गरिएको संस्थाले जनाएको छ ।

    आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु
    गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    पत्रकारद्वयको संयुक्त लगानीमा ‘सौम्या कलेक्सन’ सञ्चालनमा
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      ‘दुःख सुनाएर के काम ?’

    • ४.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ५.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    • ६.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    भर्खरै

    • १.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • २.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ३.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ४.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ५.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ६.
      बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    • ७.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

    • ८.
      नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation