• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • २. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ३. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ४. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • ५. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ६. विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

  • ७. माण्डवीमा अपाङ्गता न्यूनीकरणका लागि किशोर–किशोरी सचेतना कार्यक्रम

  • ८. पत्रकारद्वयको संयुक्त लगानीमा ‘सौम्या कलेक्सन’ सञ्चालनमा

  • ९. टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

  • १०. गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

ओलीको प्रस्ताव : वामदेवलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष


  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समाधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन्।

    Advertisement

    कोरोनाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

    त्यस्तै बरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ। प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ। नयाँ प्रस्ताव बारे दुई दिन छलफल गरेर शनिबार बैठक बस्ने निर्णय भएको छ।

    ‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्, म तत्काल त राजीनामा दिन्नँ। हामी कोरोनाविरुद्ध लडिरहेका छौँ। यस्तो बेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’ सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनापछि मैले पनि छाडौँला, विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ।’

    वामदेवलाई एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरेर अघि बढ्न सकिने उनको प्रस्ताव थियो।

    त्यस्तै उनले वरिष्ठ नेता नेपालको वरीयता पनि अपुग भएको भन्दै तीनजना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका छन्। ओलीको प्रस्ताव सकारात्मक भन्दै गौतमले यो विषयमा औपचारिक निर्णय गर्न प्रस्ताव गरेका थिए। तर, उनले विगतमा जस्तै फेरि धोका हुने हो कि भन्ने आशंका पनि गरेका थिए।

    प्रधानमन्त्री ओलीले बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए ।

    सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

    प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैँको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव गरे ।

    बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै
    रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै
    प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    लोकप्रिय

    • १.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • २.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ३.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति

    • ४.
      रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी

    • ५.
      गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि

    • ६.
      विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ

    भर्खरै

    • १.
      सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

    • २.
      सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

    • ३.
      प्युठान उद्योग वाणिज्य सङ्घले विपद् खाद्य बैंक स्थापना गर्ने

    • ४.
      विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’

    • ५.
      पुल निर्माणपछि सिमले–झुण्डीका विद्यार्थीहरूकाे पढाइ सहज

    • ६.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • ७.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ८.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation