• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

लोकप्रिय समाचार

  • १. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • २. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • १०. प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र

‘प्रधानमन्त्रीले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो’ : बामदेव गौतम


  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण हिसाबले कुराकानी भएको बताएका छन।
    उनले बाहिर आएजस्तो कुनै प्रकारको भनाभन या चर्काचर्की समेत नभएको जिकिर गरेका छन् । उनले पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको बताएका छन्।उनले प्रधानमन्त्रीले आफ्नो सल्लाह धैर्यतापूर्वक सुनेको र थोरै बोलेको बताउँदै यसबारे अनावश्यक भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्। ‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ। भएको यत्ति हो। सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु’, गौतमले भनेका छन्।
    आइतबार एक प्रेस नोट गर्दै उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको बताए । गौतमले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको स्पष्ट पारेका छन् ।‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन्। यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ’, उपाध्यक्ष गौतमले भनेका छन्, ‘तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्। सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाब दिएको हुँ।’तर सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री र नेता गौतमबीच चर्काचर्की परेको र गौतमले राजीनामा दिएर बालकोट फर्किनुस् भनेको समाचारहरु प्रकाशित भएका थिए । सोही समाचारको खण्डन गर्दै उपाध्यक्ष गौतमले विज्ञप्ति निकालेका हुन्।

    Advertisement

    प्रेस नोट

    हिजो (१३ गते) प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् ।

    यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ । उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।

    वामदेव गौतम, उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

    १४।०१।२०७७

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग
    आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य

    लोकप्रिय

    • १.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • २.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • २.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ७.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ८.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation