सनिउल्ला धोबी, कपिलवस्तु ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले राहत वितरण कार्य नियम संगत भएको बताउनु भएको छ । चैत्र २१ गते कृष्णनगर नगरपालिका नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार नै राहत सामाग्री खरिद भएको शाहले बताउनु भयो नगरपालिकाको उपप्रमुख सबनम खातुनले केहि असन्तुष्टि सहित प्रेस विज्ञप्ति निकालेपछी आफ्नो ध्यानाकर्षण भएको नगरप्रमुख शाहले बताउनु भयो ।कार्यपालिकाको बैठकले नगरपालिकाको उप प्रमुख सबनम खातुनको संयोजकत्वामा राहत वितरण समिती गठन गरी राहत वितरण कार्य सहज तवरले अघि बढिरहदा विज्ञप्ति आउँदा आफु अचम्मित भएको शाहको भनाई रहेको छ । उक्त राहत वितरण समितीमा उपप्रमुख खातुनको सयोजक वडा नं ७ को अध्यक्ष राज किशोर यादव, वडा नं ८ का अध्यक्ष नुर मोहम्मद मुसलमान, वडा नं १० का अध्यक्ष अब्दुल मोबिन खान र वडा नं १२ का अध्यक्ष छेदी प्रसाद यादव रहनु भएको छ । साथै चैत २१ गते नै वडा अध्यक्ष देवानन्द शुक्लाको नेतृत्वमा राहत सामाग्री खरिद गर्ने निर्णय भएकोले उपप्रमुख सहित केहि वडा अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति आउनु आचार्य जनक भएको नगर प्रमुख शाहले बताउनु भयो ।नगर प्रमुख शाहले केहि ब्यक्तीले यस आपतको समयमा आफ्नो राजनितीको रोटि पकाउन खोजेको अरोप लगाउनु भयो । यस समाजका राजनीतिक नकारात्मक तत्वले विपतिको समयमा गलत अफवाह फैलाउन खोजेको शाहले बताउनु भयो ।राहत सामाग्री खरिदको जिम्मा पाउनु भएका वडा अध्यक्ष देवानन्द शुक्लाले नियम संगत प्रतिस्पर्धा अनुसार सामग्री खरिद गरेको बताउनु भयो । कृष्णनगर नगरपालिकाको विभिन्न वडामा राहत सामाग्री वितरण भैरहेको छ ।
राहत वितरण कार्य नियम सगंत छ: नगर प्रमुख शाह
राहत वितरण कार्य नियम सगंत छ: नगर प्रमुख शाह
Advertisement
तपाईको प्रतिक्रिया