• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

नजिकिदैँ स्वर्गद्वारी प्युठान महोत्सव, के के छन आकर्षण?


  •   शनिबार, फागुन ०३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। जिल्लामा चौथो स्वर्गद्वारी प्युठान महोत्सव फागुन ८ गते देखि १८ गते सम्म संचालन हुने भएको छ । आयोजक प्युठान उद्योग वाणिज्य संघले शनिबार होटल आयुस्मा जुम्रीमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी तिब्र पारिएको बताएको हो । “कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६” भन्ने मुल नाराका साथ सुरु हुन लागेको महोत्सव प्युठान नगरपालिका स्थित गणतान्त्रिक खेलमैदानमा ११ दिन सम्म संचालन हुने आयोजकले बताएको छ ।
    हरेक ३ बर्षमा हुने स्वर्गद्वारी प्युठान महोत्सवले निरन्तरता पाए संगै यस बर्ष पनि महोत्सव सुरु हुन लागेको आयोजकले जनाएको हो ।उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारमान कक्षपतिले महोत्सवमा प्युठानमा लुकेको पहिचानको खोजी गरी प्रबर्द्धन गर्ने मुख्य उदेश्यका साथ यो महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

    Advertisement

    पत्रकार सम्मेलनमा बोल्दै कक्षपतिले यो महोत्सव सबै प्युठानवासीको भएकाले सबैले आ—आफ्ना क्षेत्रबाट सहयोग गरि सफल बनाउन आग्रह गरे । महोत्सव संचालन हुने दिन नजिकिदै आएकाले सबै उपसमितिहरुले लिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पनि कक्षपतिले आग्रह समेत गरे ।
    मेला अवधीभर करिव ८ करोड वराबरको कारोवार र १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्न सक्ने अनुमान रहेको संघका महासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक कृष्ण भक्त गिरिले बताए ।महोत्सवका लागि गाँउ देखि देशका विभिन्न शहरहरुमा प्रचारप्रसार तिब्र पारिएकाले महोत्सवले प्युठानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्म चिनाउने महत्वपूर्ण काम हुने आयोजकको दाबी गरेको छ ।  आयोजकका अनुसार महोत्सवले यस क्षेत्रको सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र सम्वर्धनका लागि विशेष जोड दिनेछ। २ सय ५० स्टल रहने महोत्सवमा जिल्लामा अवस्थित कृषि, मत्स्य, घरेलु उद्योग तथा कृषि उत्पादन, पशुपंक्षि, ठूला व्यवसायीक औधोगिक प्रतिष्ठानहरुका उत्पादनहरु रहने छन् भने आर्कषणका रुपमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, वाल उद्यान, चिडियाखाना, विभिन्न ठाँउको अवलोकन, फोटो प्रदर्शनी,रहेको आयोजकले जनाएको छ ।
    प्युठान जिल्लाका स्थानीय कला र प्रतिभा को प्रस्फुटन गर्दै जिल्ला स्तरीय लोक दोहोरी गित तथा एकल लोक नृत्य प्रतियोगिता ,ऐतिहासिक तथा परम्परागत सामाग्रीको प्रर्दशन एबम मौलिक खाना ,सस्कृती झल्काउने विविध झाकी , सराय नाच र हनुमान नचाउने ,जिल्लामा उत्पादित कृषि उपज घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको प्रदर्शनी धार्मिक तथा पर्यटकिय स्थलहरुको चिनारी ,आधुनिक सूचना तथा सञ्चार प्रबिधिहरुको प्रदर्शन , विभिन्न आकर्षक खेल र स्वर्गद्वारी मन्दिरको प्रतीक र पुजाको ब्यबस्था रहने छन्। मेलाका लागि अहिले सम्म १ सय भन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताईयो । घरेलु उत्पादनलाई बजार सम्म पुर्‍याउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्नेमा आयोजकले विश्वास लिएका छन् । मेलाको ग्लोबल आइएमइ बैंकले मुख्य प्रयोजक गर्ने भएको छ ।

    यस्तै महोत्सव सफल बनाउन यस क्षेत्रका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, पत्रकार, संघ सस्थाका प्रतिनिधिले महोत्सव सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता सहित शुभकाना दिएका छन् । भने महोत्सव प्युठान बासीको अपनत्व हुने खालको बनाउनका लागि स्वार्थ भन्दा माथि उठेर संघले काम गर्नु पर्ने स्थानिय उत्पादन , कला, संस्कृतीको प्रर्वद्धन तथा महत्व दिनु पर्ने, स्थनिय व्यापार तथा ब्यवासयिहरुको मर्मअनुसार काम गर्नु पर्ने स्थनिय व्यापार तथा ब्यवासयिहरुको मर्मअनुसार काम गर्नु पर्ने सुझाव दिएका छन् ।

    शनिबार, फागुन ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation