काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ । बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।खेल अबधीभर एपिएफ अपराजित नै रहेर खेल जित्यो। एपिएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने क्रमस दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–१९ को जित निकाल्दै एपिएफ च्याम्पियन बन्न सफल भयो । लिगको १४ खेलपछि अपराजित रहेको एपिएफले ४१ अंक जोड्यो । उति नै खेलबाट ३७ अंक जोडेको पुलिसले दोस्रो स्थानमा चित्त बुझायो । उपाधिसँगै एपिएफले ४ लाख ५ हजार रुपैयाँ हात पारेको छ भने दोश्रो हुन सफल पुलिसले २ लाख ५ हजार पाएको छ। त्यस्तै, तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपैयाँ तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात पार्न सफल भयो ।पाँचौ भएको चितवनले ५५ हजार तथा छैटौ भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पायो ।
एपिएफलाई ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि
एपिएफलाई ढोरपाटन महिला डबल लिग भलिबलको उपाधि

Advertisement
तपाईको प्रतिक्रिया