• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

पाहुना पर्खदैँ होमस्टे,एकपटक घुमौ प्युठानका गाउँघर


  •   बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होमस्टे संचालकहरु भने पाहुना कुर्दै बसिरहेका छन् । जिल्लाका गाउँहरुमा आधा दर्जन होमस्टे संचालनमा छन। ती होमस्टेका संचालकहरु पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई आफ्नो मौलिक लोक संस्कृति देखाएर स्वागत सत्कार गर्न आँतुर देखिन्छन् । स्वर्गद्धारी नगरपालिका २ धनवाङका शिवलाल पुनले गाउँलेहरु पाहुनाको स्वागतका लागि तयार भएको बताउनुभयो । होमस्टे आउने पाहुनालाई गाउबासीले बेलुकी मारुनी, पैसेरु,माडिखोले नाच, ठाडे भाकाका स्वर र संगित प्रस्तुत गर्छन । पाहुनालाई गाउँको भुटेको मकै,रोटि,आँटो,ढिँडो सिस्नो,लोकल कुखुरा लगायतका परिकारले स्वागत गर्ने उहाँको तयारी छ । ‘ तर, त्यसका लागि पहिलै सुचना गर्नुपर्दछ । ‘फूलमाला, टीका लगाइदिएर गाउँ आउने पर्यटकलाई स्वागत गर्छौ ।’पुनले भन्नुभयो,’ घरकै खाना खुवाउँछौ ।’ होमस्टेमा एक रातको ८ सय रुपैयाँ लाग्छ, जसमा खाना, बास र खाजा समावेश गरिएको हुन्छ । पर्यटक भित्राएर स्थानीयहरुको आर्थिक स्तरलाई बृद्धि गर्न होमस्टे चलाईएको स्वर्गद्धारी सामुदायीक मगर होमस्टेका अद्यक्ष मीनराज रानाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय पर्यटक आवागमन बढ्न थालेको छ ।’यो बर्ष पर्यटकको संख्या बढ्दो छ, वडा अध्यक्ष रानाले भन्नुभयो,’पाहुनाहरु आउँछन, गाउँले परिवेशमा घुलमिल हुँदै नाच हेर्छन् र गाउँको संस्कृतिमा रमाउँछन् ।’ मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा १६ घरधुरीले होमस्टे चलाईरहेका छन् । यहा एक पटकमा ५० जना पाहुनालाई राख्न सकिन्छ ।पाहुनाहरुलाई बासबस्नको लागी राम्रो व्यवस्था मिलाएका छौँ।’ उहाले भन्नुभयो।’स्वर्गद्धारी पुग्ने पर्यटकलाई धनबाङ ल्याउने योजना छ।धनबाङ बाट स्वर्गद्धारी ८ किलोमिटर दुरीमा पर्छ।’विसं २०६९ सालमा स्थापना भएको यो होमस्टे जिल्लाकै पहिलो हो । झिमरुक ४ चौकेका अमर पुनले सांस्कृतिक,राजनितिक र पर्यटकिय महत्वका हिसाबले ओखरकोट क्षेत्र धनी रहेको बताउँदै गाउँमा आउनका लागि निम्तो दिनुहुन्छ । घरमा आएका पाहुनालाई राम्रो स्वागत सत्कार गरि खान बस्न दिने यहाको पुरानो परम्परा हो । यहाका थुप्रै पर्यटकिय स्थान अहिले प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीले थलिएका छन्। यस्तै मारमा यहाँ खुलेका होमस्टे पनि परेका छन्। तर, होमस्टे खुल्ने क्रम भने रोकिएको छैन।जिल्लाको स्याउलीवाङ,झुलेनी, माझकोट , लिघा सहित लेखछहरा,अर्खा, रजवारा, पुजाको वाग्लिवाङ, विजुली लगायतका क्षेत्रमा पनि होम स्टे संचालनका लागि पहल थालिएको छ । तर,यी सबै गाउँको चिन्ता यौटै छ होमस्टेले पाहुना पाउलान त ? ओखरकोट होमस्टेका अद्यक्ष राजेन्द्र बिक्रम सिहँले जिल्लाका पर्यटकिय स्थलहरुको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा राज्यस्तरबाट पनि पहल भएमा प्युठान आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने र गाउँका होमस्टे पनि फस्टाउने बताउनुभयो ।
    प्रसस्त पर्यटकहरु भित्राउन खाने पानी, पैदल मार्ग मर्मत सुधार, आवास गृह निर्माण गर्न र अतिथी सम्बन्धि तालिमको आवश्यकता रहेको उहाँको भनाई छ।जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशब आचार्यले होमस्टे सञ्चालनले जिल्लाको अर्थतन्त्रमा समेत सघाउने बताउनुभयो ।होमस्टेलाई वरपरका पर्यटकीय गतिविधिसँग जोड्दै पुर्वाधार बिकास गरेर पर्यटन मार्फत प्युठान चिनाउने गरी योजना बनाईने उहाँले सुनाउनुभयो ।

    Advertisement

    बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...