ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको गढवा गाउँपालिका ४ परस्पुरमा सञ्चालित दोस्रो प्रज्वल स्मृती देउखुरी व्यापी अन्तर डोजो सितोरियो कराँते प्रतियोगिताको उपाधी गोवरडिहा डोजोले हात पारेको छ । प्रज्वल स्मृती अध्ययन केन्द्र गढवा गाउँपालिका ४ परस्पुरको आयोजनामा सञ्चालित प्रतियोगितामा ८ स्वर्ण ८ रजत र ९ कास्य पदक सहित गोवरडिहा डोजोले उपाधी हात पारेको हो । त्यसै गरी २ स्वर्ण ४ रजत र ६ कास्य सहित सनलाइट मावि लमहीले दोस्रो उपाधी हात पारेको छ भने २ स्वर्ण,२ रजत र ७ कास्य सहित पर्सेनी डोजोले तेस्रो उपाधी हात पारेको छ । प्रतियोगितामा २० केजी देखि ६५ केजी सम्मका महिला पुरुषको कराँते प्रतियोगिता भएको हो । केन्द्रका अध्यक्ष मधुसुदन वलीको अध्यक्षता एवम् नेपाल ओलम्पिक कमिटिका पुर्व उपाध्यक्ष तथा नेपाल कराँते महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेको प्रमुख आतिथ्यतामा सोमवार खेलको समापन गरिएको हो । सो अवसरमा नेपाल कराँते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, चिफ रेफ्रेरी किसन मोदे, दाङ जिल्ला खेलकुदका प्रमुख प्रशिक्षक पद्मा चौधरी,केन्द्रका संरक्षक प्रदिपराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै दाङ जिल्ला खेलकुदका प्रमुख प्रशिक्षक पद्मा चौधरीलाई सम्मान समेत गरिएको थियो । केन्द्रका महासचिव शिवकुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन देउखुरी डोजो सितोरियो कराँतेका अध्यक्ष गोविन्दकुमार वलीले गरेका थिए ।
देउखुरी व्यापी कराँते प्रतियोगिताको उपाधी गोवरडिहा डोजोलाई
देउखुरी व्यापी कराँते प्रतियोगिताको उपाधी गोवरडिहा डोजोलाई

Advertisement
तपाईको प्रतिक्रिया