राम बहादुर बिश्वकर्मा, प्युठान ।प्रदेश नम्बर ५ का सभाषद हरि प्रसाद रिजालले सबैखाले स्वस्थता र बिकासका लागि खेलकुद जरुरी भएको बताएका छन्। प्युठान नगरपालिकाले आयोजना गरेको दोस्रो अन्तर मा बि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को शनिबार उद्घाटन गर्दै रिजालले स्वस्थ नागरिक निर्माण गर्न खेलकुदको महत्वपुर्ण भुमिका हुने बताए । राष्ट्रलाई अन्तर्राष्ट्रियस्तर चिनाउने प्रमुख माध्यम खेलकुद नै भएको उल्लेख गर्दै खेलक्षेत्रमा रुची भएका तथा यसको महत्व बुझेका सबैले यसको अनुशरण गर्दै आएको धारणा राख्नुभयो। ‘खेलकुद भनेको सबैका लागि आवश्यक पर्ने विषय हो।’रिजाललेले भने। प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले समृद्ध नगर निर्माणका लागि गफ गरेर र सपना देखेर मात्र नहुने बताउदै समृद्धीका लागि सबै जुट्नुपर्ने कुरामा जोड दिएका थिए ।
मेयर कक्षपतिले खेलले मनोरञ्जन मात्र नभई स्वस्थ रहन समेत मद्त गर्ने साथै जुनसुकै खेलले राष्टको गौरव बढाउने काम गरिरहेको हुदा यस खेलको बिकास प्रती आफु लागिपर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।प्रतियोगितामा कराते, भलिबल, एथ्लेटिक्स, कपर्दी, दौड हाइजम्प , लङजम्प , ज्यब्लिङ थ्रो ,तेक्वान्दो जस्ता खेल समावेश रहेका छन ।
प्रतियोगितामा छात्रछात्रा दुबैतर्फ फरकफरक विद्यामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने बिद्यार्थीले मेडल तथा कदर प्रमाणपत्र पुरस्कार पाउनेछन् । आयोजकले गरेको छ । खेलकुद संयोजक सुरेश पोख्रेललका अनुसार नगरपालिका अन्तर्गत पर्ने निजि तथा सामुदायिक बिध्यालयका १२ वटा बिध्यालयको सहभागिता रहेको खेलकुद
प्रतियोगिता सोमबार सम्म चल्ने छ।
प्युठानमा दोस्रो अन्तर मा बि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
प्युठानमा दोस्रो अन्तर मा बि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Advertisement
तपाईको प्रतिक्रिया