• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

कुकुरले बच्चाको लिंग नै खाइदिएपछि…( भिडियो )


  •   आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। चाल्स एन्डरसन डानाले दुई सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ।’ तर, उनले कहाँ टोक्यो भनेचाहि‌ कुकुरले टोके पनि समाचार बन्छ भनेर चाहि‌ लेखेनन् ।
    प्यूठानको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ। सन्तोष केसी अहिले १५ वर्षका भए। कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो। केसी जब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो। गरिब केसी परिवार यस बेला सहयोगको याचना गर्दै चारैतिर हात फिजाइरहेको छ। छोराको उपचारका लागि आर्थिक अभाव भएपछि आमा बिजुली केसीले सबैसँग सहयोगको आग्रह गर्दै भनिन्– ‘उपचारका लागि धेरै ठाउँमा धायौं, तर खर्च नै धेरै भन्छन् ।सन्तोषको अहिले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पहिलो चरणको सल्यक्रिया सम्पन्न भएको छ। प्यूठानको बाँदिकोटमा २०६१ सालमा जन्मेका सन्तोषको सुतेको समयमा छिमेकीको कुकुरले लिड्ड खाइदिएको थियो । आमा बच्चालाई सुताएर बस्तुभाउलाई घाँसपात गर्दै थिइन् भने सन्तोषका बुबा गिरबहादुर केसी जागिरका लागि भारतमा थिए। पछि गिरिबहादुरको उतै निधन भयो। घरमा आर्थिक जोहो गर्ने कोही नहुँदा यो परिवार समस्यामा पर्‍यो। सन्तोषका दाज कामका लागि भारत गए पनि उनी पनि सम्पर्कमा छैनन्। बालकको त्यो अवस्था भएपछि विभिन्न ठाउँमा लगेर उपचार गरियो। तर, धेरै पैसा सकिसक्दा पनि उपचार पूरा हुन सकेको छैन। सन्तोषको समस्या झन् बल्झेको छ। ‘उपचारका लागि धेरै ठाउँमा धायौं, नेपाल र भारतका थुप्रै अस्पताल लग्यौं, २०६८ सालमा पहिलोपटक काठमाडाैं साँखुको सुष्मा कोइराला मेमोरियल अस्पताले सल्यक्रिया गरी लिड्ड बनाइदियो,’ आमा बिजुलीले बताइन्। अहिलेसम्म सन्तोष सामान्य ढंगले पिसाब गर्न सक्दैनन्। दुख्ने, पोल्ने अनि छटपटाउने गर्छन्। यही अवस्था रहने हो भने, उपचार नहुने हो भने भोलि यौनक्रियामा पनि समस्या आउने डाक्टरहरूले नै बताएका छन्। नेपाल समाचारपत्रमा खबर छ। अहिलेसम्म घर–जग्गा बन्दगी राखेर धेरै पैसा सकिइसकेको छ। तर अहिले अझै कति रकम लाग्ने हो, यति ठूलो रकम कसरी जुटाउने त्यही पीडाले म बौलाही जस्तै भइसकें’ आमा बिजुलीले सहयोग गर्न चाहनेहरूका लागि सन्तोष केसीको नाममा राष्ट्रिय बाणिज्य बकको विजेवारका खाता नः ४४३००१८६६३१० मा रकम जम्मा गरिदिन सबैसँग बिन्ती गरेका छन् । उनले थप जानकारीका लागि भन्दै फोन नम्बरहरू पनि उपलब्ध गराएका छन्।९८५७०७१७२७,९८६०८४२२३२, ९८४९३७०९१५,९८४७८७९७७३ र ९८४७४५७४०२।

    Advertisement

    आइतबार, माघ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation