तिलोत्तमा । काठमाण्डौमा जारि तेस्रो संस्करणको नेक्सस कप टी २० क्रिकेट प्रतियोगितामा सहभागि हुने तिलोत्तमा क्रिकेट बिकास समितिको टिमलाई सोमबार विदाई गरिएको छ । तिलोत्तमा क्रिकेट विकास समितिले आज मणिग्राममा एक कार्यक्रमको आयोजना गरि १७ सदस्य रहको टोलिलाई विदाई गरेको हो ।
निश्चल पराजुलिको कप्तानि रहेको टिममा रोशन शर्मा टिम कोच र सुर्य पाण्डे टिम म्यानेजर रहेका छन । तिलोत्तमा क्रिकेट बिकास समितिका सिइओ दिपक भुर्तेल ब्यावस्थापकको रुपमा आज साँझ काठमाण्डौ प्रस्थान गरेका छन ।
तिलोत्तमा क्रिकेट विकास समितिका उपाध्यक्ष लोकनेस ढेङ्गा मगरको अध्यक्षता र समितिका सिइओ दिपक भुर्तेलको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अम्पायर श्रीराम नेपाली, तिलोात्तमा क्रिकेट विकास समितिका प्रेस सल्लाहकार बाबुराम गैरे लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
यही पुष २६ गतेदेखि माघ १० गतेसम्म चल्ने प्रतियोगिताको नेक्सस क्रिकेट एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको १६ वर्ष मुनिको उमेर समूहको सो प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका छन ।
मूलपानी मैदानमा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले बताए ।
नेक्सस कप खेल्न तिलोत्तमा क्रिकेट विकास समितिको टोलीलाई विदाई
नेक्सस कप खेल्न तिलोत्तमा क्रिकेट विकास समितिको टोलीलाई विदाई

Advertisement
तपाईको प्रतिक्रिया