बिमल राज डाँगी, रोल्पा । थबाङ गाउँपालिका वडा नं १ विवाङमा नेपालकै ठुलो क्षमताको सौर्य प्रणालीद्धारा विधुत उत्पादन हुने भएको छ । १५० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजनाको पुर्व सभामुख तथा प्रतिनिधी सभा सदस्य ओनसरी घर्ती मगरले सोमबार शिलन्यास गर्नु भयो ।
कार्यक्रममा बोल्दै पुर्व सभामुख ओनसरी घर्तीमगरले देशको राजनीतीक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको थवाङको विकासको लागी अहिले सवैले चासोको रुपमा हेरिरहेको बताउनुभयो। सरकारले यहा विकासको लागी धेरै वजेट बिनियोजन गरेको जानकारी दिदै यहाको जनताहरु सल्लाह गरेरै अगाडी बढ्न सुझाब दिनुभयो। थवाङ्गीहरुको समृद्धीको लागि आफू सधै तत्पर रहेको उहांको भनाई थियो । एक अर्काको राजनीती आस्था फरक भएपनि विकासको काममा फरक मत आउन नहुने र यदि त्यसो भएको खण्डमा विकासमा पछि पर्ने बताउदै उहाले भन्नुभयो,”पछि पर्ने भनेको नै तपाइहरु हो, पछि पर्ने भनेको थवाङ हो ।” एसियाली विकास बैंकको रु ३ करोड २४ लाख ८ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ४ करोड ५ लाख १० हजार र थबाङ गाउँपालिकाको रु ८१ लाख २ हजार गरी कूल ८ करोड १० लाख २० हजार को लागतमा उक्त परियोजना निमार्ण हुने भएको हो । दिनमा ६ सय युनिट विधुत उत्पादन हुने उक्त परियोजनबाट थबाङ गाउँपालिका वडा नं. १ र २ का करिव ४ सय घरधुरी बत्ती बाल्न पाउनेछन ।
पुर्व सभामुख घर्तीमगरको प्रमुख आथित्यतामा, थबाङ गाउँपालिकाका अध्यक्ष विर वहादुर घर्तीको अध्यक्षता तथा सुर्याेदय उर्जा प्रा.ली इन्जिनियर खेमराज भण्डारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुर्योदय उर्जा प्रा.लीका इन्जिनियर खिमराज भण्डारीले ८ महिना भित्रै सौर्य प्रणालीद्धारा थवाङमा विधुत उत्पादन गरि बत्ती बाल्ने लक्ष्यका साथ कामको जिम्मा पाएको बताउनुभयो । यसबाट थवाङवासीले अहिले विधुतबाट झेल्दै आएको समस्या हल हुने बिश्वास उहाले ब्याक्त गर्नुभयो। सोलार मिनी ग्रीड प्रणालीमा जर्मन प्रविधीका सामाग्रीहरु जडान गरिने भएकोले सौर्य प्रणालीमा दिगोपन भएको समेत बताउनु भयो । यसलाई नेपाल विधुत प्राधीकरणको राष्ट्रिय प्रसारण लाइनमा जोड्न मिल्ने, ग्राहकबाट अग्रिम शुल्क उठाउन मिल्ने,निमार्ण सम्पन्न पश्चात ३ वर्ष सम्म सुर्योदय उर्जा प्रा.लीले अपरेसन र मेन्टेनेन्स गर्ने र यस प्रणालीलाई इन्टरनेटको पहुचबाट विश्वको जुनसुकै ठाउबाट अनुगमन गर्न सकिने नया प्रविधी जडान गरिने भएकोले पनि थबाङ सोलार मिनी गी्रड नमुना हुनेमा विश्वोस्त रहेको उहाको भनाई छ ।
नेपाल सरकार,उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सुर्योदय उर्जा प्रा.लि विच २०७६ मंसिर ११ गते ८ महिनाको समय अवधीमा काम सम्पन्न गर्ने गरी निर्माणको लागी सम्झौता भएको हो ।
गाउँपालिकाको कार्यालय र अस्पतालको निरिक्षण
यसै बिच पुर्व सभामुख ओनसरी घर्ती द्धारा थवाङ गाउँपालिकाको कार्यालय तथा जलजला समुदायिक अस्पताल थवाङको अनुगमन तथा निरिक्षण समेत गर्नु भएको छ । थवाङ गाउँपालिकाको कार्यालयमा पुर्व सभामुख घर्तीको स्वागत कार्यक्रम पश्चात सभामुख समक्ष सम्रग गाउँपालिकाको पछिल्नो अवस्था कर्मचारीको अवस्था,भौतिक पुर्वधार लगायतका गतिविधीको बारेमा थवाङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले सभामुख समक्ष प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै थवाङ गाउँपालिकामा रहेको जलजला सामुदायिक अस्पतालमा पुगरे अस्पतालको बारेमा समेत अध्ययन तथा निरीक्षण गर्नु भएको हो । अस्पतालको पुर्वाधार,कर्मचारी अभाव उपाचारको लागी आवश्यक पर्ने साम्रागी लागयतको बारेमा निरीक्षण गर्नु भएको हो ।