• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

सोह्र वर्षको उमेरमा नै प्याराग्लाईडिङ पाईलट


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • भरतसन्तोषी, काठमाडौं। “जहाँ इच्छा त्यहाँ उपाय “भने झै इच्छा शक्ति भएको खण्डमा मानिसले जस्तोसुकै कठिन कर्म किन नहोस् यथार्थमा परिणत गरेरै छोड्द्छ।वर्षौं अघि देखिको मानव इतिहास इच्छाशक्तिले नै प्रकाणन्त विकसित मानवको रुपमा स्थापित भएको छ। यस्तै दर्विलो इच्छाशक्तिले सफल ब्याक्तित्वको रूपमा स्थापित छन् बिबि तामाङ।उनले सानै उमेरमा ठुलो इच्छा राखिन र अनवरत इच्छाशक्ति सगै निरन्तर प्रयासले सफल पनि भइन।बिबि अहिले २० वर्ष लागिन।उनी सोह्र वर्षमा नै प्याराग्लाईडिङको पाईलट बनिन।सुरुमा खेलकुद तथा संगीतमा अभिरुचि राखेकी बिबिले जब नेपालको विभिन्न क्षेत्रको आकाशमा साहसीक प्याराग्लाईडिङ उडान सुरु गरिन तब उनको आफन्त,परिवारजन तथा साथीभाईमा चर्चा पाउन थालिन। हँसिलो मंङगोलियन चेहरामा थप मुस्कान थप्दै बिबिले भनिन,”मलाई बुबाले तेक्वान्दो खेल खेल्न अभिप्रेरित गर्नुभएको थियो तर म सोच्दै नसोचेको प्याराग्लाईडिङ्मा साइनो गास्न पुगे।प्याराग्लाईडिङ प्रतिको आकर्षित गर्ने कुरा उनकै बुबाको साथी निरन्जन घिमिरेले गर्नुभएको रहेछ।सुरुमा के कस्तो होला भन्ने उत्सुकता बिबिलाई नजागेको होइन जब निरन्जन सरको प्याराग्लाईडिङ सम्बन्धि सामान्य जानकारी पश्चात् उनी बाबू एडभेन्चर स्कुल प्रालिमा सुरुवाती कक्षामा प्रवेश गरिन तब प्याराग्लाईडिङको सम्पुर्ण रहस्य खुलीहाल्यो त्यसपछि कुतुहलता,उत्सुकताका साथमा साहसीक यात्रा गर्न उनलाई कतिपनी बेर लागेन।साहासको लगाम कसिन अनि थालिन चरा झै सुन्दर डाडापाखा माथि उड्न,प्रकृतिको निर्वाध विचरण गर्न। बिकम संवत २०५६ सालमा ललितपुर महाकालमा माता लालिमाया तामाङ तथा पिता सनमान तामाङको कोखबाट जन्मिएकि बिबिले सन २०१७ को जुनमा भर्ना भएर प्याराग्लाईडिङ पढ्न तथा सिक्न थालेको ५ महिनामा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक समेत हात पारिन।त्यतिमात्र कहाँ हो र? बिबिले २०१७ कै नोभेम्बरमा भएको खुल्ला अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ्ममा एक सफल प्याराग्लाईडरको रुपमा पनि नाम लेखाउन सफल भइन।त्यसै गरि फस्ट नेपाल प्याराग्लाईडिङ एक्वरेन्सी वल्ड कप २०१८ नोभेम्बरमा नेपालको प्रतिनिधित्व गर्दै बिबिले सहभागिता जनाईसकेकी छिन।अहिले नेपालमा प्याराग्लाईडिङले समेत राष्ट्रिय खेलको रुपमा आफ्नो स्थान पाइसकेको छ। बिबिले अहिले प्याराग्लाईडिङलाई नै व्यवसायीक देखेकी छिन।उनले प्याराग्लाईडिङ सम्बन्धि बाबू एडभेन्चर स्कुलबाट प्रार्थमिक उपचार कोर्स,उच्च स्थानबाट उडान सम्बन्धि कोर्स,त्रिकोणात्मक उडान,टेक्निकल रोप रेस्क्यु कोर्स,एडभेन्चर कोर्स,प्रोफेसनल टेन्डम एड्भेन्चर कोर्स लगायत प्याराग्लाईडिङमा आवश्यक सम्पुर्ण कोर्स पूरा गरिसकेकी छिन। अहिले बिबि सरकारी मान्यता प्राप्त प्रोफेसनल टेन्डम पाईलटको रूपमा स्थापित भई करियर अगाडि बढाउदै छिन।यसरी नेपालमा बिल्कुलै नयाँ तथा साहसिक खेलमा लागी देशको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पाउँदा आफुलाई गर्व महसुस भएको बताउछिन् ।प्याराग्लाईडिङ एकप्रकारको साहसिक यात्रा समेत भएकोले अझै आफुले धेरै कुरा सिक्न बाकी रहेको उनले बताईन। त्यसो त प्याराग्लाईडिङ अहिले नेपालमा एकप्रकारको साहसिक रमाइलो खेलको रुपमा बिकसित भैरहेको छ।जुन हावाको चापमा उच्च उचाईसम्म पुगी आकाशबाट मनोरम दृश्यहरु नियाल्न गरिन्छ।यसलाई पछिल्लोक्रममा साहसिक पर्यटन खेलको रुपमा समेत लिईन्छ।उचाइमा पुगी टाढा टाढाको भौगोलिक विशेषता नियाल्नु पाउनु नै यसको प्रमुख बिशेषता हो।पच्छिल्लो समयमा प्याराग्लाईडर बिबिले नुवाकोटको सुइँरे चौरदेखी छहरे बजार सम्म प्याराग्लाईडिङ उडान गर्दै आईरहेकी छिन ।

    Advertisement

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation