• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जाडोमा मोटरसाइकल चलाउँदा यी कुरामा ध्यान दिऔँ


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • चिसोको यो बेला मोटरसाइकल चलाउन गाह्रो हुन्छ । जति नै गाह्रो भए मोटरसाइकल चलाएर हिँड्नु धेरैको बाध्यता पनि हो । चिसोको योबेला मोटरसाइकल चालकले केही कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

    Advertisement

    १) मोटरसाइकलको इञ्जिन राम्रोसँग तताउने

    जाडोको बेलामा मोटरसाइकल चलाउनुअघि इन्जिनलाई राम्रोसँग तताउनुपर्छ ।मोटरसाइकलको चोक तानेर स्टार्ट गर्नुपर्छ । जाडोको समयमा पेट्रोल र मोबिल बाक्लिन सक्ने र बग्ने पाइपमा राम्रोसँग तेल पास नभएको हुन सक्छ ।

    २) पेट्रोल ट्याङकीमा पानी नपार्ने

    चिसोमा सकेसम्म आफ्नो मोटरसाइकलको पेट्रोल ट्याङकीमा पानी पार्नु हुँदैन र ट्याङकी पुरै भर्नुपर्छ । जाडोको समयमा पानी जमेको हामीले देखेका छौं । त्यसैगरी मोटरसाइकलको ट्याङकीमा पानीको मात्रा रहेमा जाडोका कारण जमेर समस्या आउन सक्दछ । साथै बेलाबेलामा पेट्रोल पाइप र मोबिल जाने पाइप पनि सफा गर्नुपर्छ । यदि कुनै कारणले त्यसमा पानी रहेछ भने त्यहाँ पनि जम्न सक्ने भएकोले यो ख्याल राख्नुपर्छ । साथै फ्युल ककभन्दा मुनिको भागमा रहेको पानी र फोहोरलाई पनि समय समयमा सफा गर्नुपर्छ ।

    चिसोका कारण मोटरसाइकलका बिभिन्न भागहरुमा पानी जम्ने र खिया लाग्न सक्ने हुनाले बेलाबेलामा मोटरसाइकल सफा गरिराख्नुपर्छ ।

    मोटरसाइकल चालकले ध्यान दिनुपर्ने कुरा

    १) फुल हेलमेट र चस्माको प्रयोग गर्ने

    मोटरसाइकल चालक मोटरसाइकल चलाउँदा चिउँडोसम्म ढाक्ने किसिमको हेलमेटको प्रयोग गर्नुपर्छ । सुरक्षाको हिसाबले निकै उपयोगी हुने यो किसिमको हेलमेटले चालकलाई जाडोबाट पनि बचाउँछ ।चस्माको प्रयोग गर्नाले यसले चिसोले सिधा आँखामा पर्न सक्ने सम्पर्क कम गर्न मद्दत गर्छ । चिसोको कारणले आँखाबाट आँसु आउन सक्छ र यसले पनि आँखामा समस्या आउनुका साथै दुर्घटनाको सम्भावना बढाउन सक्ने हुँदा राम्ररी आँखा छोप्ने चस्मा प्रयोग गर्नुपर्छ ।

    २) तातो लुगा र पञ्जाको प्रयोग गर्ने

    जाडो समयमा हावा नछिर्ने किसिमको तातो ज्याकेट वा लुगाको प्रयोग गर्नुपर्छ । र जाडो छ भन्दैमा मोटो र मोटरसाइकल चलाउँदा अप्ठ्यारो हुने किसिमको लुगा पनि लगाउन हुँदैन । जाडोमा हावा नछिर्ने, चिसोबाट बचाउने र मोटरसाइकल चलाउँदा सजिलो हुने ज्याकेटको लगाउनु पर्दछ ।जाडोमा मोटरसाइकल चलाउँदा सबैभन्दा आवश्यक कुरा हो, पञ्जा । एक्सिलेटर, क्लज र बे्रक सजिलैसँग चलाउन मिल्ने र जाडोबाट बचाउने खालको पञ्जा लगाउनुपर्छ ।साथै मोटरसाइकल चलाउँदा लगाउने पञ्जा नचिप्लने किसिमको र मोटरसाइकलको ह्यान्डलमा राम्रो पकड हुने किसिमको हुनुपर्छ । पन्जाको प्रयोग गर्दा पनि जाडोले हात चिसो हुने, कठ्याङग्रिने सम्भावना रहेमा मोटरसाइकल रोकेर हात तातो बनाउने कोशिस गरेर मात्रै अघि बढ्नुपर्छ । मोटरसाइकल चलाउँदा पुरै बाउला भएको पाइन्ट, ट्राउजर लगाउनुपर्छ । प्वाल परेको, चिसो छिर्ने किसिमको लुगा लगाउन हुँदैन ।

    ३) जालीवाला जुत्ताको प्रयोग नगर्ने

    सकेसम्म जाडोमा मोटरसाइकल चलाउँदा जाली भएको, हाफ जुत्ता चलाउनु हुँदैन । सकेसम्म बुट जस्तो पुरै खुट्टा छोप्ने जुत्ता लगाउनु पर्छ । यस्तो जुत्ताको प्रयोग गर्दा गियर र ब्रेक प्रयोग गर्दा सजिलो हुने र नअल्झिने किसिमको हुनुपर्छ । र लामो दूरीमा यात्रा गर्दा सकेसम्म चिसो हुनेबित्तिकै आगो बालेर वा न्यानो हुने ठाउँमा गएर हात र खुट्टा तताउनु पर्छ ।

    ४) फग लाइटको प्रयोग गर्ने

    जाडोमा हुस्सोको कारण सडकमा आउने र जाने गाडीहरु राम्रोसँग देखिने सम्भावना कम हुन्छ । तराई र पुर्वी क्षेत्रमा हुस्सो कारण धेरै दुर्घटना हुने गरेको छ । यसलाई कम गर्नको लागि मोटरसाइकल वा ठूला गाडी सबैले फग लाइट बाल्नुपर्छ । चालकले बेलाबेला आफ्नो गाडी र मोटरसाइकलको पास लाइट बालेर पनि आफू आएको सङकेत अगाडिको गाडीलाई दिन सक्छन् ।

    ५) चिप्लिएला, गति कम गर्ने

    जाडोमा सडकमा शीत झरेको हुन सक्छ । शीत जमेको ठाउँमा मोटरसाइकलको पाङग्रा पर्दा चिप्लन सक्छ । अझै गति धेरै र अनियन्त्रित हुँदा मोटरसाइकल चिप्लने हुन सक्ने हुँदा मोटरसाइकल चालकले मध्यम गतिमा मोटरसाइकल चलाउनु पर्छ ।

    ६) टल्कने लुगा लगाउने

    सकेसम्म मोटरसाइकल चालक, साइकल यात्री र पैदलयात्रीले सडकमा निस्किदा बत्ती र प्रकाश पर्दा टल्कने किसिमको कपडाको प्रयोग गर्नुपर्छ ।विशेषतः रातिको समयमा पछाडि र अगाडिबाट आएको गाडीलाई सडकमा आफ्नो उपस्थिति झल्काउनका लागि यस्तो किसिमको लुगाले निकै महत्वपूर्ण भूमिका खेल्दछ भने सुरक्षित यात्रामा पनि सघाउँछ । श्रोत : उज्यालो अनलाईन

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation