थम्मन थापा, बागलुङ । नेपाल टेलिकमले चौंथो पुस्ताको फोर जी सेवा अहिले ७ वटै प्रदेशको शहर देखि गाउँसम्म विस्तारको क्रमलाई तिव्रता दिएको छ । टेलिकमले धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सदरमुकाम सहित ग्रामिण क्षेत्रमा पनि फोर जी सेवा विस्तार कार्यलाई तिव्रता दिएको नेपाल टेलिकमले जनाएको छ । यसैबिच टेलिकमले फोर जी के हो ? यसबाट के के सुविधा लिन सकिन्छ ? यो कसरी सुचारु गर्न सकिन्छ ? लगायतका विभिन्न फोर जी सँग सम्वन्धित विषयवस्तु अनि नेपाल टेलिकमका सेवा सुविधाहरुको विषयमा जानकारी दिन दोस्रो गलकोट घुम्टे महोत्सवमा आज र भोली २ दिन (शुक्रबार / शनिबार) ईन्स्टल सञ्चालन गर्न लागेको छ । गलकोट नगरपालिका २ थानामा रहेको नेपाल टेलिकमको नमस्ते मोवाईल टावरबाट केहि समय पहिले देखि उच्च गतिको अत्याधुनिक प्रविधिको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । अहिले गलकोट क्षेत्रका अधिकांश भु-भागमा फोर जी सेवा उपयोग गर्न सकिन्छ । अब निकट भविष्यमा अन्य स्थानका टावरहरुमा क्रमश बिटिएस र एण्टेना जडान गर्ने कार्य भईरहेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गरि पुराना फोर जी सपोर्ट नगर्ने सिमकार्ड निशुल्क परिवर्तन गरिदिने, विभिन्न प्याकेज, सेवा सुविधाबारे जानकारी गराउन दोस्रो गलकोट महोत्सवमा नेपाल टेलिकमले ईन्स्टल सञ्चालनमा ल्याईएको प्रमुख शर्माको भनाई छ । नेपाल टेलिकमको कार्यालयमा जान सम्भव नहुने उपभोक्ताहरुलाई सहजता प्रदान गर्ने मुख्य उद्येश्य रहेको शर्माले बताउनु भयो ।नेपाल टेलिकमको नमस्ते मोवाईल प्रयोगकर्ताले उक्त ईन्स्टलबाट आफनो पुरानो सिमकार्ड सँग फोर जी सिम निशुल्क साट्न पाउने छन । टेलिकमले यो सुविधा आज र भोली २ दिन उपलब्ध गराउने छ । सम्पुर्ण फोर जी सपोर्ट नगर्ने सिमकार्ड प्रयोगकर्तालाई टेलिकमले दोस्रो गलकोट महोत्सवको ईन्स्टलबाट यो सुविधा लिन अपिल समेत गरेको छ ।
गलकोट घुम्टे महोत्सव : टेलिकमको निशुल्क फोरजी सिम साट्ने सकिने
गलकोट घुम्टे महोत्सव : टेलिकमको निशुल्क फोरजी सिम साट्ने सकिने

Advertisement
तपाईको प्रतिक्रिया